बिएल संवाददाता
नेपाल राष्ट्रिय युवा संघले तेस्रो संस्करणको ‘केपी ओली कप २०८१’ आगामी फागुन ११ देखि १९ गतेसमम्म आयोजना गर्ने भएको छ।
बुधबार पत्रकार सम्मेलनमार्फत संघका महासचिव सुमन पुरीले ‘केपी ओली कप २०८१’ आयोजना गर्न लागेको जानकारी दिए। त्यसैगरी उनले नेपाल फटबल संघ (एन्फा)द्वारा सूचीकृत ‘ए’ डिभिजनका तथा विदेशीहरू गरी १० वटा टीमहरू सहभागी हुने जानकारी दिए।
उनले भने, ‘प्रतियोगिताको क्वाटर फाईनलसम्मका खेलहरू एन्फा कम्प्लेक्स, सातदोवाटो, लतिपुरमा हुनेछन् भने सेमीफाईनल र फाइनल खेल दशरथ रंगशाला, त्रिपुरेश्वर, काठमाडौंमा आयोजना हुनेछन्।’
उनका अनुसार प्रतियोगिताको प्रथम हुनेलाई १५ लाख ११ हजार एक सय ११ रुपैंया, द्वितीय हुनेलाई पाँच लाख नगद, ट्रफी, प्रमाणपत्र, मेडल तथा अन्य आकर्षक पुरस्कार प्रदान गरिने छ।
त्यस्तै उत्कृष्ट खेलाडीलाई एकलाख, उत्कृष्ट गोलरक्षकलाई ५० हजार, उत्कृष्ट गोलकर्तालाई ५० हजार, उत्कृष्ट उदीयमान खेलाडीलाई ५० हजार, म्यानअफ द म्याचलाई १५ हजार नगदको साथै ट्रफी, प्रमाणपत्र, मेडल तथा अन्य आकर्षक पुरस्कारहरू प्रदान गरिने छ भने हरेक खेल विजेता टीमलाई २५ हजार नगद प्रदान गरिने छ।
उनका अनुसार प्रतियोगिताको लागि खुल्ला आह्वान गरिने छ। सोही अनुसार सहभागी हुने टीमहरू छनोट गरिने छ। जसमा नेपालका ‘ए डिभिजन’ तथा विदेशी टीमहरूलाई समावेश गराईने उनले जानकारी दिए।
कार्यक्रमको लागि आवश्यक पर्ने मुल आयोजक कमिटी तथा विषयसँग सम्बन्धित उपसमितीहरू गठन गरिने साथै यस्तै पुरस्कार तथा व्यवस्थापनको लागि आयोजकसँग विज्ञापन, प्रायोजन तथा सहयोगी संस्था, विभिन्न व्यवसायिक संस्था तथा व्यक्तिहरूबीच सम्झौता हुने उनको भनाई छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया