
बानेश्वरमा एमाले संसदीय दलको बैठक बस्दै
संसद्को हिउँदे अधिवेशन सुरु हुनुअघि आवश्यक छलफल गर्न संसदीय दलको बैठक बस्न लागेको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए। बैठकमा आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकका विषयमा पनि छलफल हुने बताइएको छ। सङ्घीय संसद्को अधिवेशन यहि माघ १८ गतेबाट सुरु हुँदै छ।

बिएल संवाददाता - काठमाडौं