
०८४ मा बहुमत ल्याउँछौं : विप्लव
०८४ को निर्वाचनमा समाजवादी अभियानको निम्ति नेकपालाई जिताउन आग्रह गर्दै नेपाली जनताले विश्वास गरे आफ्नो पार्टीले बहुमत वा दुई तिहाइ सिट ल्याउने बताए। उनले भने, ‘एक पटक ०८४ लाई समाजवादी अभियानको निम्ति प्रयोग गर्ने, राष्ट्रिय स्वाधीनताका लागि प्रयोग गर्ने हो। हाम्रो अपिल छ नेपाली जनतालाई संसदीय चुनावबाट समाजवादको यात्रा लड्ने हाम्रो चाहना छ। देशलाई स्वाधीन बनाउने एजेन्डासहित नेपाली जनतालाई माथि उठाउने उद्देश्यसहित एकैचोटी जाने विचार छ। यदि नेपाली जनताले हामीलाई विश्वास गर्नुभयो भने।’

बिएल संवाददाता - काठमाडौं