बिहिबार, २१ अगस्ट २०२५

‘लाज शरणम्’को नयाँ पोस्टर, अफ्ताब आलमको भेषमा ‘धुर्मुस’

‘लाज शरणम्’ हास्य टेलिश्रृंखला ‘सक्किगोनि’ टिमले निर्माण गरेको चलचित्र हो। यसमा अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिश निरौला (क्रकोज), प्रियाना आचार्य (मुन्नी)लगायतका कलाकारले अभिनय गरेका छन्। चलचित्रको निर्देशन कुमार कट्टेल ‘जिग्री’ले गरेका छन्। यसका प्रमुख कलाकारहरूमा विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बुलगायत छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री आज पनि ‘बेड रेस्ट’मा, सबै कार्यक्रम रद्द

प्रधानमन्त्रीको सचिवालयका अनुसार स्वास्थ्यमा उल्लेख्य सुधार नभएपछि ओलीको आजको सम्पूर्ण कार्यक्रम रद्द गरिएको छ। आज ओली सिद्धबाबा सुरुङ्ग ब्रेक-थ्रुका लागि पाल्पा जाने कार्यक्रम थियो। तर, चिसोका कारण घाँटीमा समस्या भएपछि बुधबारदेखि ओली प्रधानमन्त्रीको सरकारी निवासमै आराम गरिरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकारी ठगी प्रकरण- पीडितको तर्फबाट सुरेन्द्र भण्डारीले थाले बहस

लामिछाने विरुद्ध रूपन्देही जिल्ला अदालतमा आइतबार सहकारी ठगीमा मुद्दा दर्ता भएको थियो। बुधबार लामिछाने अदालतमा उपस्थित भई उनी माथिको बयान सकिएको थियो। बिहीबार सरकारी वकिलले बहस गरेका थिए भने आज पीडित पक्षका दुई वकिल र लामिछानेका तर्फबाट बहस हुने छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चिसो बढेपछि धनुषाका सामुदायिक विद्यालयहरु बन्द

विपद् व्यवस्थापन समितिको बैठकले जनकपुरधाम उपमहानगर भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरु माघ ११ गतेदेखि १३ गतेसम्म दुई दिन जाडो बिदा दिने निर्णय गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - धनुषा

राजनीतिक दलहरूको चिन्तन र सोच नबदलेसम्म शिक्षामा परिवर्तन आउँदैन्: प्राडा विद्यानाथ कोइराला

पाठ्यक्रम जहिल्यै पुरानो हुँदो रहेछ। त्यसले नयाँ कुराकानी गर्नै सक्दैन्। परिवेश चाहीे शिक्षकको तागतसँग टाँसिएको वस्तु हुँदो रहेछ। शिक्षकहरुलाई अध्यावधिक गरौ भनेर बल गरेको त्यो पनि सकिएन। सबै शिक्षकसँग मोबाइल छ, फेसबुक चलाउन जान्दछन्। नयाँ कुरा त्यसैमा हालौं भनेको हो। नयाँ कुरा नभएपछि विचरा शिक्षक त पुराना थोत्रा कुरा गर्ने भए। विद्यार्थी नयाँ कुरा जान्दछन् तर शिक्षक पुराना कुरा गर्छन। त्यो नमिल्दो रहेछ। त्यसैले पाठ्यक्रम र शिक्षकहरु अध्यावधिक हुनैपर्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रविमाथि रुपन्देहीमा थुनछेक बहस आज पनि जारी

लामिछाने विरुद्ध रूपन्देही जिल्ला अदालतमा आइतबार सहकारी ठगीमा मुद्दा दर्ता भएको थियो। बुधबार लामिछाने अदालतमा उपस्थित भई उनी माथिको बयान सकिएको थियो। बिहीबार सरकारी वकिलले बहस गरेका थिए भने आज पीडित पक्षका दुई वकिल र लामिछानेका तर्फ बाट बहस हुने छ।

बिएल संवाददाता

बिएल संवाददाता - रुपन्देही

सिद्धबाबा सुरूङमार्गको ‘ब्रेक थ्रु’ आज, सहभागी हुँदै ओली

सिद्धबाबा सुरूङमार्गको ‘ब्रेक थ्रु’ आज शुक्रबार हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली सुरूङमार्ग ब्रेक थ्रु कार्यक्रममा सहभागी हुने तय भएको हो। ब्रेक थ्रुलाई सेलिब्रेसनको रुपमा मनाउन प्रधानमन्त्री आउने तय भएको सिद्धबाबा सुरूङमार्ग निर्माण आयोजनाका प्रमुख कृष्णराज अधिकारीले बताए। सुरूङमार्गको ब्रेक थ्रुका लागि प्रधानमन्त्रीसहित उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल लगायत आउने तय भएको उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विकसित देशहरूमा विवाहको उमेर १८ वर्षै छ– विमला सुवेदी

कानून, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदीले संसद बोलाउन चटारो परिरहेको सन्दर्भमा सरकारले हतार हतार अध्यादेश ल्याउनु उपयुक्त नभएको बताएकी छन्।  एजेन्सीको कुराकानीमा उनले पक्ष र विपक्ष रहेका दलहरूले संसद बोलाउन दबाब दिइरहेको सन्दर्भमा सरकारले अध्यादेश ल्याएको भन्दै यसले सरकारको नियत ठिक नभएको संकेत गरिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आजको मौसम कस्तो छ?

हाल देशको पश्चिमी भागमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली छ भने बाँकी भूभागमा मौसम  सफा रहेको छ।   अहिले तराईका धेरै भागमा हुस्सु लागेको छ भने यो क्रम यो  साताभर रहने  महाशाखाले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

५ लाख धरौटीमा छुटे सभापति पोखरेलका पूर्वस्वकीय सचिव

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेललाई जिल्ला अदालत मोरङले धरौटीमा छाड्ने आदेश दिएको छ। बिहीबार न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले पोखरेललाई ५ लाख धरौटीमा छाड्ने आदेश दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा गर्ने फैसला पुनरावलोकन हुने

न्यायाधीशहरू सपना मल्ल प्रधान, बालकृष्ण ढकाल र नृपध्वज निरौलाको इजलासले यसअघि निलम्बन फुकुवा गर्ने आफ्नै फैसलालाई पुनरावलोकन गर्ने आदेश गरेको हो। अब तीन सदस्यीय न्यायाधीशको पूर्ण इजलासले यसअघिको फैसलाको न्यायिक परिक्षण गर्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

देउवा सरकारले मल कारखाना स्थापना गर्छः निधि

अब बन्ने कांग्रेस नेतृत्वको  सरकारले ध्यान दिने उनले जिकीर गरे। मल पनि दुई/तीन प्रकारको भएको भन्दै उनले रसायनिक वा आर्गानिक मलको उद्योग स्थापना गर्ने विषयमा पटक पटक बहस भएको तर स्थापना नहुँदा आफु पनि चिन्तित भएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - कलैया

आप्रवासीविरुद्ध निर्मम ट्रम्प- ६ महिनामा ३ हजार नेपाली फिर्ता गर्दै

आईसीईले अस्थायी संरक्षण स्टाटस (टीपीएस)मा नरहेका उनीहरूलाई पक्राउ गरेमा तुरुन्तै निष्कासित हुनेछन्। निष्कासनमा पर्नसक्ने अधिकांश नेपालीहरू २०१५ जुन २४ पछि अमेरिका प्रवेश गरेका थिए। त्यसअघि अमेरिका प्रवेश गरेका पनि टार्गेटमा पर्न सक्छन्। यद्यपि उनीहरूमध्ये अधिकांश टीपीएसअन्तर्गत संरक्षित छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कर्णालीको आवाजमा रतनले ल्याए ‘जदौ हजुर’

दुख र पिडामा कर्णालीका मानिसहरू क्रन्दन र चित्कार गर्छन्। त्यसकै एक बिम्बको रुपमा साङ्गितिक कोशेली ‘जदौ हजुर’मार्फत राज्य सत्तालाई ठुलै उपलब्धि गरेको जसरी नेतृत्वको खुसीलाई र ठुल्ठुलो स्वरको हासेलाई व्यंग्य गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रविलाई आज पनि श्रीमती र कानुन व्यवसायीको जिम्मा लगाउने आदेश

बिहीबार जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा भएको थुनछेक बहस नसकिएपछि उनलाई शुक्रबार अदालतमा उपस्थित गराउने सर्तमा श्रीमती निकिता पौडेल लामिछाने र उनका कानुन व्यवसायीलाई जिम्मा लगाउने आदेश दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - बुटवल

अमेरिकाबाट गैरकानुनी भारतीय फिर्ता गर्न भारत तयार

भारतीय मिडिया दि प्रिन्टका अनुसार जयशंकरले अमेरिकी समकक्षी मार्को रुबिओलाई समेत यस विषयमा प्रष्टिकरण दिइसकेका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले सपथ लिए लगत्तै गैरकानुनी आप्रवासीहरूलाई देश निकाला गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रावलको अभियानमा लागेका एमाले अछामका ६ नेता निष्कासित

बुधबार जारी गरिएको विज्ञप्तिमा अछाम जिल्ला कमिटी सचिवालय सदस्य एवं संगठन विभाग प्रमुख प्रकाश शाह, जिल्ला कमिटी सचिवालय सदस्य सागरसिंह बाब्ली, जिल्ला कमिटी सदस्य बलबहादुर कुँवर, शंकर भुल, रतन रावल र साँफेबगर नगर कमिटी अध्यक्ष ढकेन्द्र कुँवरलाई जिम्मेवारीबाट हटाएको उल्लेख छ।

बिएल संवाददाता

बिएल संवाददाता - अछाम

जंगली जनावरले महिलाको ज्यान लिएपछि वनमा क्यामेरा

राप्तीसोनारी गाउँपालिका-८ की ६७ वर्षीया चेती बुढाको ज्यान गएपछि सब डिभिजन वन कार्यालय बाँकेको पहलमा क्यामेरा जडान गरिएको हो। सब डिभिजन वन कार्यालय बाँकेका प्रमुख मनोज शर्माका अनुसार सामूदायिक वन क्षेत्रमा बाघ र चितुवाजस्ता हिंस्रक जनावरको आगमन बढेको र मानवीय आक्रमण हुन थालेपछि त्यसको तथ्य पत्ता लगाउन क्यामेरा जडान सुरु गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - बाँके

रुपन्देहीमा रवि लामिछानेविरुद्ध थुनछेक बहस जारी

बुधबार रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलास लामिछानेको बयान सकिएको थियो। आज थुनछेक बहस जारी छ। बहसपछि लामिछानेलाई साधारण तारेख, धरौटी जमानतमा रिहाइ गर्ने वा पुर्पक्षका लागि थुनामा पठाउने भन्ने टुंगो लाग्ने छ। रास्वपा रुपन्देही स्रोतका अनुसार बहस लामो हुने भएकोले लामिछानेको तर्फबाट बहसका लागि समेसम्म कम वकिलहरूलाई बहसमा उतारिँदै छ।

बिएल संवाददाता

बिएल संवाददाता - बुटवल