बिएल संवाददाता
नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले अब बन्ने शेरबहादुर देउवा नेतृत्वको सरकारले मल कारखाना स्थापना गर्ने बताएका छन्।
बाराको कलैयामा बिहीबार प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस विषयमा आफूलाई पनि चिन्ता रहेको उल्लेख गरे।
मल पनि दुई/तीन प्रकारको भएको भन्दै उनले रसायनिक वा आर्गानिक मलको उद्योग स्थापना गर्ने विषयमा पटक पटक बहस भएको तर स्थापना नहुँदा आफु पनि चिन्तित भएको बताए। अब बन्ने कांग्रेस नेतृत्वको सरकारले ध्यान दिने उनले जिकीर गरे।
पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री एवमं नेपाली काँग्रेसका पूर्व केन्द्रीय उप-सभापति समेत रहेका निधिले निजगढ काठमाडौं द्रुतमार्ग (फास्ट ट्र्याक) र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल एक अर्कामा परिपुरक रहेकाले दुवै बन्नुपर्नेमा जोड दिए।
अन्तर्राष्ट्रिय मापदण्डको नियम अनुसार नै दुवै बनेको उनले दाबी गरेका छन।
उनले मधेश प्रदेश कृषि उत्पादनका लागि उर्वरभूमि भएकाले यहाँका किसानको समस्या बुझेर समाधान गरि उत्पादनमा वृद्धि गर्नुपर्ने आवश्यकता रहेको औंल्याए।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया