बिएल संवाददाता
नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले अब बन्ने शेरबहादुर देउवा नेतृत्वको सरकारले मल कारखाना स्थापना गर्ने बताएका छन्।
बाराको कलैयामा बिहीबार प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस विषयमा आफूलाई पनि चिन्ता रहेको उल्लेख गरे।
मल पनि दुई/तीन प्रकारको भएको भन्दै उनले रसायनिक वा आर्गानिक मलको उद्योग स्थापना गर्ने विषयमा पटक पटक बहस भएको तर स्थापना नहुँदा आफु पनि चिन्तित भएको बताए। अब बन्ने कांग्रेस नेतृत्वको सरकारले ध्यान दिने उनले जिकीर गरे।
पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री एवमं नेपाली काँग्रेसका पूर्व केन्द्रीय उप-सभापति समेत रहेका निधिले निजगढ काठमाडौं द्रुतमार्ग (फास्ट ट्र्याक) र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल एक अर्कामा परिपुरक रहेकाले दुवै बन्नुपर्नेमा जोड दिए।
अन्तर्राष्ट्रिय मापदण्डको नियम अनुसार नै दुवै बनेको उनले दाबी गरेका छन।
उनले मधेश प्रदेश कृषि उत्पादनका लागि उर्वरभूमि भएकाले यहाँका किसानको समस्या बुझेर समाधान गरि उत्पादनमा वृद्धि गर्नुपर्ने आवश्यकता रहेको औंल्याए।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया