शुक्रबार, २२ अगस्ट २०२५

भारत र चीनको असर नेपालमा पनि पर्छ : देउवा

उनले भने, ‘हाम्रो देश भारत र चिनको बीचमा छ। यी दुई देशमा परेको असर हाम्रो देशमा नि पर्छ। तर, अहिले चाँही एमसीसी पास गर्ने बेलामा र प्रतिनिभिसभाबाट पारित गर्ने क्रममा धेरै विरोधहरू भएँ। तर, अहिले आएर सबैले साँच्चिकै राम्रो  रहेछ यो एमसीसी भनेर बुझेका छन्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आफ्नै नाङ्गो तस्वीरले झन्डै ज्यान लिएन, साइबर ब्यूरोले बचायो

प्रहरीले सबै कुरा सुन्यो। अनि सुरुमा उनलाई स्कुलमा घुलमिल र पुन:स्थापनाको पहल थाल्यो। प्रहरीको एउटा टोली उनको विद्यालयमा पुगेर उनका साथीहरू, विद्यालयका शिक्षक अनि अरु विद्यार्थीहरूसँग परामर्श गर्‍यो। उनलाई फेरि पहिलाकै अवस्थामा विद्यालयमा पुन:स्थापना गरायो। अन्सारीलाई पनि खोजेर पक्राउ गर्ने आश्वासन पनि दिलायाे। तर नेपाल प्रहरीका लागि याे काम कम्ता चुनौतीपूर्ण थियाे। किनकि जावेद  विदेशी नागरिक थिए र विदेशबाटै याे काम गरिरहेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘हाम्रो राष्ट्रिय स्वार्थ छोटो समयभित्र तीव्र गतिमा विकास गर्नु हो’ : गगन थापा

नेपालमा वैदेशिक सहयोगको अर्थ राजनीति विषयक संवाद गोष्ठी कार्यक्रममा बोल्दै उनले कांग्रेस पार्टी सरकारमा हुँदा एउटा र  सरकार बाहिर रहँदाखेरी अर्को निर्णयहरू कहिँले नगर्ने बताएका हुन्। उनले हरेक राजनीतिक पार्टीले अनुकुलतामा एउटा प्रतिकुलतामा अर्को गर्दै अगाडि बढ्न नहुने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘रियल स्टेट’ व्यवसायीद्वारा भूमिसम्बन्धी अध्यादेशको स्वागत

घरजग्गा व्यवसायलाई उद्योगको रुपमा प्रवर्धन गर्ने र विभिन्न ढंगबाट आफ्नो महासंघले आफ्ना काम कारबाही अगाडि बढाउँदै लगेको पनि जानकारी गराएको। महासंघले शहरी विकास तथा घरजग्गासम्बन्धी कानूनी तथा नीतिगत विषयमा समसामयिक २२ सुधार गरी रियल इस्टेट व्यवसायलाई उद्योगको रुपमा विकास गर्दै मुलुकको अर्थतन्त्रलाई सुदृढ बनाउनमा योगदान गर्नुपर्ने कुरामा जोड दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अमेरिकामा लुकेका तीन नेपालीलाई देशनिकाला, अन्यलाई खोज्दै ट्रम्प प्रशासन

नेपालको अध्यागमन स्रोतका अनुसार लोकबहादुर ‌ओली तल्लो बाटो हुँदै अमेरिका प्रवेश गरेका थिए। अन्य दुई जना गैरकानुनी रुपमा बसोबास गर्दै आएका थिए। स्रोतका अनुसार उनीहरूलाई कुन कानुनअनुसार फिर्ता पठाइएको हो भन्ने स्पष्ट खुलाइएको छैन। अमेरिकाबाट यसअघि पनि गैरकानुनी रुपमा बस्दै आएका नेपालीहरू देशनिकाला भइसकेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मेयरसँग तीन बुँदे सहमतिपछि कांग्रेसले खोल्यो ताला

नेपाली कांग्रेस पोखरा महानगर संसदीय दलका नेता दिवास्मान प्रधानाङ्गले दिएको जानकारी अनुसार,  मेयर धनराज आचार्यसँग पोखरा महानगरपालिकामा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरूबीच गत मंसिर २३ गते बसेको विशेष नगरसभामार्फत पारित सातबुँदे सहमति अक्षरंश पालना गर्ने, सम्पूर्ण वडा कार्यालय, महाशाखा, शाखालगायत खर्च केन्द्रहरूका शीर्षकान्तर र रकमान्तर हुन नसकी पुर्वाधार विकास तथा अन्य कार्यहरू ठप्प हुन गएको अवस्थामा महानगरको १६ औं नगरसभामार्फत आवश्यक निर्णय गर्ने गरी चालु नगरसभा माघ ११ गते बोलाउने सहमति भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - पोखरा

पोखरीमा तैरिरहेको अवस्थामा पुरुषको शव फेला

दिगम्बरपुरस्थित विद्यालय नजिक रहेको पोखरीमा स्थानीयहरूले शव तैरिरहेको अवस्थामा देखेपछि प्रहरीलाई जानकारी गराएका थिए। खबर प्राप्त भए लगत्तै इलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोली घटनास्थलमा पुगेर अनुसन्धान कार्य अघि बढाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - धनुषा

आफ्नै परिचय भएका साहित्यकारलाई किन चाहियो सरकारको परिचयपत्र?

आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले संस्कृतिविद् सत्यमोहन जोशीलाई साहित्यकार परिचयपत्र दिए। त्यो सरकारले दिएको परिचयपत्र हो। सत्यमोहन जोशीको परिचय सरकारलाई हिजोमात्र थाहा भएछ। त्यस्तै, अन्य व्यक्तित्वलाई पनि प्रदान गर्‍यो। सबै जनताबीच चिरपरिचित साहित्यकारहरु हुन् उनीहरु।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

यू-१९ महिला विश्वकपः लगातार ३ खेल हार्दै नेपाल समूह चरणबाटै बाहिरियो

मलेसियाको यूकेएम वाईएसडी ओभल क्रिकेट मैदानमा अस्ट्रेलियाले दिएको १४० रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा ५६ रन मात्र बनाउन सक्यो। नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक १८ रन बनाइन्। बलिङमा अस्ट्रेलियाका हसरत गिल, जुलियट मोर्टन र लिली बासिङथ्वाइटले समान २/२ विकेट लिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कोदो : कठिन परिस्थितिको खाद्य समाधान

कोदो जुन कठिन पर्यावरणीय परिस्थितिमा पनि उत्पादन गर्न सकिन्छ। कम लागत, पानी कम साथै उर्वर माटो नभएका ठाउँमा पनि यसको खेती सम्भव छ। नेपालमा कोदो चौथो महत्त्वपूर्ण अन्नको रूपमा परिचित छ। दुनियाँभरि क्यालोरी र प्रोटिनको लगभग आधा भाग केवल तीन बालीहरू गहुँ, धान र मकैबाट प्राप्त हुन्छ। जबकि केवल ३० प्रजातिका वनस्पतिले विश्वव्यापी खाद्य आवश्यकताको ९५ प्रतिशत आपूर्ति गर्छन्।

बिएल संवाददाता

बिएल संवाददाता - डा. हरि जोशी

६ महिनासम्म गर्नुभएन, अहिले ७ दिनमा के पल्टिन्छ ?

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला भर्खरै बेलायत भ्रमण गरेर नेपाल फर्किएका छन् । उनी बेलायतमै हुँदा केपी ओली नेतृत्वको सरकारले अध्यादेश ल्यायो । अध्यादेशको तरङ्ग अझै सकिएको छैन ।

बिएल संवाददाता

बिएल संवाददाता - अर्जुन आचार्य

दार्जिलिङमा उत्पादन घट्यो, नेपाली चियाको माग बढ्यो

यो वर्ष नेपाली चियाको माग र मूल्य बढेको छ। नेपालको चियाको लागि मुख्य बजार भारत हो। तर विगतका वर्षहरूमा भारतले लगातार गैरभन्सार अवरोधहरू सिर्जना गरेपछि निर्यातमा समस्या देखिने गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - भागवत भट्टराई

अखिल क्रान्तिकारीको चुनावः मैदानमा ‘वर्षमान-जनार्दन’

पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अन्तिम समयसम्म पनि सहमतिको प्रयास गरेका थिए। तर, उपमहासचिवद्वय वर्षमान पुन र  जनार्दन शर्मा समूहले नमानेपछि अन्त्यमा निर्वाचनमै प्रतिष्पर्धा हुने भएको हो। अन्य गुटका भन्दा उम्मेदवारभन्दा खासमा वर्षमान र जनार्दन समूहबीच कडा टक्कर हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लोकतन्त्रलाई सान्दर्भिक बनाउने कसरी ?

करिब ३७५ इसापूर्वमा लेखिएको प्लेटोको ‘द रिपब्लिक’ प्राचीन ग्रिक दर्शनको एक महत्वपूर्ण कृति हो र यसले पश्चिमा राजनीतिक चिन्तनलाई गहिरो ढंगले प्रभाव पारेको छ । ग्रिसलाई प्रायः ‘लोकतन्त्रको उद्गमस्थल’ भनेर चिनिन्छ, जहाँ विश्वकै पहिलो लोकतान्त्रिक प्रणाली एथेन्समा विकसित भएको थियो । डेमोक्रेसी अर्थात् ‘लोकतन्त्र’ शब्द नै ग्रिक भाषाबाट विकास भएको हो ।

बिएल संवाददाता

बिएल संवाददाता - म्याथ्यु ड्यानकोम्ब

युद्धविराम वार्ताका लागि तयार हुन पुटिनलाई ट्रम्पको कडा चेतावनी

राष्ट्रपतिको पदभार ग्रहणपछि पत्रकार सम्मेलनमा युक्रेन युद्धका बारेमा सोधिएको प्रश्नको उत्तर दिँदै ट्रम्पले वार्ताका लागि तयार नभए रुसमाथि अमेरिकी प्रतिबन्ध बढाउन सक्ने चेतावनी दिएका हुन्। आफू राष्ट्रपति भएको भए युद्ध नै हुन नदिने दाबी गरेका ट्रम्पले छिट्टै रुसी राष्ट्रपति पुटिनसँग छलफल गर्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

बानेश्वरस्थित एनआईसी एसियाको एटीएम फुटाएर चोरी

मंगलबार राती करिब ११ बजे एटीएम फुटाएर चोरीको प्रयास गरिरहेको अवस्थामा पक्राउ गरेको प्रहरी वित्त नयाँ बानेश्वरले जनाएको छ। बानेश्वर प्रहरी स्रोतले भन्यो, ‘थापा गाँउस्थित रहेको एनआईसी एसिया बैंकको एटीएम फुटाएर चोरीको प्रयास भएको थियो। तर, समयमा जानकारी पाएको हुनाले सफल हुन सकेन। उहाँलाई हामीले नियन्त्रणमा लिएका छौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नक्कली पेस्तोल देखाएर ठगी गर्ने भारतीय पक्राउ

इशनाथ नगरपालिका-४ मठिया स्थित ईलाकामा सीमा क्षेत्रका व्यक्तिसँग नक्कली पेस्तोल देखाएर रकम असुली गरेको आरोपमा प्रहरीले भारतीय नागरिकलाई  पक्राउ गरेको हो। पक्राउ पर्नेमा मोतीहारी ग्राम पञ्चायत रोही-४ बस्ने बर्ष २० को अब्दुल कलाम रहेको रौतहट प्रहरी निरीक्षक राम कुमार महतोले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - रौतहट

रविको मुद्दा न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा

सुप्रिम सहकारीको १४ करोड बचत रकम गैरकानुनी रुपमा गोर्खा मिडिया नेटवर्कमा लगिएको भन्दै लामिछानेसहित २२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा आइतबार पुरक मुद्दा दर्ता भएको थियो। लामिछानेविरुद्ध संगठित अपराधमा पनि मुद्दा दर्ता भएको छ। लामिछाने तत्कालिन समयमा गोर्खा मिडियाका प्रबन्ध निर्देशक थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री ओली अस्वस्थ, बुधबारका सबै कार्यक्रम रद्द

स्वास्थ्यमा समस्या भएपछि ओलीले बुधवारको पूर्वनिर्धारित कार्यक्रमहरू रद्द गरेका छन्। उनी बालुवाटारमै आराम गरिरहेको सचिवालयले जनाएको छ। बिरामी भएपछि बुधबार हल चोकमा आयोजना भएको २४ औँ सशस्त्र प्रहरी दिवसमा समेत प्रधानमन्त्री सहभागी भएनन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘सहकारी पीडित’को तर्फबाट बहस गर्न भैरहवा उड्दै त्रिपाठी

त्रिपाठीले सामाजिक सञ्जालमार्फत भैरहवा उड्न प्लेन पर्खिरहेको तस्बिर सेयर गर्दै लेखेका छन्, ‘भैरहवा उडानको प्रतिक्षामा/न्यायको यात्रा निरन्तर जारी- मौसमको अवस्थाले उडानमा अत्यधिक ढिलाईको अवस्था।’ त्रिपाठी सहकारी पीडितको तर्फबाट बहस गर्दैछन्। यसअघि पनि उनले पोखराको सूर्यदर्शन सहकारी र काठमडौंको स्वर्णलक्ष्मी सहकारी पीडितको तर्फबाट बहस गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं