शुक्रबार, २२ अगस्ट २०२५

सन्दीमाथि क्यानको कारबाही- एक खेलमा प्रतिबन्ध, ३ ‘डिमेरिट प्वाइन्ट’

नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई आचारसंहिता विपरित हर्कत गरेको भन्दै कारबाही गरेको हो। क्यानले उनलाई एक घरेलु खेलमा प्रतिबन्ध लगाएको छ। त्यस्तै उनलाई तीन ‘डिमेरिट प्वाइन्ट’ दिइएको छ। जय ट्रफी प्रतियोगिताका क्रममा सामाजिक सञ्जालबाट अम्पाएको निर्णयमाथि प्रश्न उठाएपछि क्यानले उनीमाथि कारबाही गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीले मानेनन् हर्कलाई भेट्न, सचिवालयले भन्यो- समय छैन

प्रधानमन्त्रीको सचिवालयका एक सदस्यका अनुसार प्रधानमन्त्री व्यस्त रहेकाले ५ बजेपछि मात्र भेट्न मिल्ने बताएपछि साम्पाङ फन्किँदै हिँडेका थिए। उनी भन्छन्, ‘मेयर हो र जतिबेला भन्यो भेट्नलाई? प्रधानमन्त्रीको निर्धारित कार्यतालिका मिलाउनुपर्छ।’ सचिवालय स्रोतका अनुसार रित्तो गाग्री बोकेर अराजक गतिविधि गरेका साम्पाङसँग प्रधानमन्त्री रुष्ट बनेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आशिका तामाङलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

अभद्र व्यवहारको कसुरमा पक्राउ परेकी कथित सामाजिक अभियान्ता आशिका तामाङलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। पहिलोपटकको म्याद सोमबार सकिएपछि जिल्दा अदालत काठमाडौंले उनलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमालेमा वामदेव एक्लै, चार उपाध्यक्षसहित बहुमत सदस्य माओवादी प्रवेशको तयारीमा

चार उपाध्यक्षसहित बहुमत केन्द्रीय समितिले माओवादीसँग एकता गर्ने निर्णय गरेको हो। आइतबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष एवं लुम्बिनी इन्चार्ज महेन्द्र अर्यालको नेतृत्वमा बहुमत केन्द्रीय सदस्यले वामदेवको अभियान त्यागेको घोषणा गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दायाँ-बायाँ कांग्रेस नेता राखेर प्रचण्डले भने- सरकारको आयु लामो छैन

मंगलबार चितवनमा पुगेका प्रचण्डले कांग्रेसका नेताहरू पूर्वमहामन्त्री डा.शशांक कोइराला र सांसद डा. चन्द्र भण्डारीलाई दायाँबायाँ राखेर केपी ओली सरकारको आयु लामो नभएको दाबी गरेक हुन्। उनले भने, ‘यो सरकार धेरै जान्छ भन्ने हामीलाई लाग्दैन। मैले प्रस्ट भन्ने गरेको छु। यो प्राकृतिक छैन। स्वाभाविक छैन। पारदर्शी छैन। गरेका कामहरू पनि उल्टापाल्टा हुँदै गएका छन्। अध्यादेशसम्म आउँदा लाजमर्दो भएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

रवि लामिछानेलाई धरौटीमा छाड्नुको कारण देखाउन आदेश

जिल्ला अदालत कास्कीले गोर्खा मिडियाका पूर्व उपाध्यक्ष तथा पूर्व डीआईजी छविलाल जोशीलाई ८८ लाख, जीबी राइको सहयोगी लिला पछाईंलाई ३७ लाख, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाललाई १५ लाख, संस्थापक कोषाध्यक्ष आरती गुरुङ र संस्थापक उपाध्यक्ष मीना गुरुङलाई ५/५ लाख, संस्थापक सदस्य कृष्णबहादुर गुरुङलाई १ लाख धरौटीमा छाड्न आदेश दिएको थियो। आदेशपछि धरौटी बुझाएर सबैजना थुनामुक्त भइसकेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - पोखरा

एमालेसहितका नेताहरू माओवादी प्रवेश, प्रचण्डद्वारा स्वागत

यसरी प्रवेश गर्नेहरूमा नेपाल समाजवादी पार्टीका प्रदेश सदस्यद्वय दीपक घर्ती र चन्द्रबहादुर घर्ती, एमालेका गोपाल बस्नेत, प्रदीप पौडेल र सुशील पण्डित क्षेत्री, चुनबहादुर, कांग्रेसका अरुणकुमार चौधरी, राप्रपाका चित्रबहादुर सोतीलगायत छन्। सोही अवसरमा भारतीय सेनाका पूर्व क्याप्टेन केबी गुरुङ पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

तनहुँमा मोटरसाइकल दुर्घटना, आमा-छोराको मृत्यु

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ बेलभन्ज्याङमा गण्डकी प्रदेश ०३-००१प ०३१० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा आमा-छोराको मृत्यु भएको हो। दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको उक्त मोटरसाइकल आज बिहान अनियन्त्रित भई सडकबाट खसेर दुर्घटनाग्रस्त भएको प्रहरीले जानकारी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - तनहुँ

पर्सा प्रहरी प्रमुख कुमोद ढुंगेललाई सशस्त्रको सम्मान

‘२४ औं सशस्त्र प्रहरी दिवस २०८१’को अवसरमा आयोजित एक विशेष कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) राजु अर्यालले एसपी ढुंगेललाई सम्मान गरेका हुन्। एसपी ढुंगेलले पर्सा जिल्लामा तस्करी नियन्त्रण तथा राजस्व संकलनमा उत्कृष्ट काम गरेको भन्दै सशस्त्रका आईजीपी अर्यालले उनलाई विशेष सम्मान गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अनलाइन प्लेटफर्मका श्रमिकको हकहितका लागि ‘राइडर्स युनियन नेपाल’ गठन

नेपाल ट्रेड युनियन महासंघसँग सम्बन्धित यो युनियन नेपालका विभिन्न शहरहरूमा कार्यरत राइडर्स, डेलिभरी ब्वाइ, र अन्य श्रमिकहरूको अधिकारको संरक्षणमा सक्रिय रहनेछ। युनियनका सदस्यहरूले कामको समयमा गरिने शोषण, असुरक्षित कार्य अवस्था र न्यूनतम तलबका मुद्दामा संघर्ष गर्नेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अनलाइन प्लेटफर्मका श्रमिकको हकहितका लागि ‘राइडर्स युनियन नेपाल’ गठन

नेपाल ट्रेड युनियन महासंघसँग सम्बन्धित यो युनियन नेपालका विभिन्न शहरहरूमा कार्यरत राइडर्स, डेलिभरी ब्वाइ, र अन्य श्रमिकहरूको अधिकारको संरक्षणमा सक्रिय रहनेछ। युनियनका सदस्यहरूले कामको समयमा गरिने शोषण, असुरक्षित कार्य अवस्था र न्यूनतम तलबका मुद्दामा संघर्ष गर्नेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

डब्ल्यूएचओ र पेरिस जलवायु सम्झौताबाट बाहिरिने ट्रम्पको घोषणा

कार्यकारी आदेशमा हस्ताक्षर गर्दै ट्रम्पले यो निर्णय अमेरिकाको पक्षमा रहेको पनि दाबी गरेका छन्। यद्यपि यो उनको पहिलो निर्णय होइन्। आफ्नो पहिलो कार्यकालमा पनि उनले अमेरिकालाई विश्व स्वास्थ्य संगठनबाट अलग गरेका थिए। उनीपछिका राष्ट्रपति जो बाइडेनले फेरि अमेरिकालाई संगठनमा फर्काएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

त्रासैत्रासमा माधव नेपाल !

कहिले पार्टीका जिम्मेवार नेताको पलायन, कहिले पार्टी नै फुट्ने त कहिले भरोसा गरेकाप्रतिकै अविश्वासले अध्यक्ष नेपाल निरन्तर त्रसित बन्दै आएको नेताहरू बताउँछन् ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

एनआरएनएलाई नियमावलीको चक्करमा ठक्कर, जग्गा बेच्न र आफन्तलाई दिन पाउँदैनन्!

नियमावलीको दफा ११ अनुसार गैरआवासीय नेपालीहरुले काठमाडौं उपत्यकाभित्र बढीमा दुई रोपनी र तराई क्षेत्रमा एक विगाहसम्म जग्गा किन्न पाउँछन्। तर, पुर्खौली जग्गासहित पछि किनेको जग्गा उनीहरुले बेच्न पाउँदैनन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

प्रहरीले खोस्यो हर्कको गाग्री, रित्तै छिरे सिंहदरबार

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको रित्तो गाग्री प्रहरीले खोसेको छ। रित्तो गाग्री बोकेर सिंहदरबारमा प्रवेश गर्न खोजेपछि प्रहरी र हर्कका समर्थकबीच तनाव उत्पन्न भएको थियो। धरानमा खानेपानी समस्यामा सरकारले चासो नदिएको भन्दै उनले दवाब स्वरुप खाली गाग्री बोकेर प्रधानमन्त्री र खानेपानीमन्त्रीलाई भेट्न सिंहदरबार गएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अछाम

अछाममा एमालेका १ हजार बढी नेताकार्यकर्ताले पार्टी परित्याग गर्दै भीम रावलको मातृभूमी जागरण अभियानमा प्रवेश गरेका छन्। जागरण अभियान स्रोतका अनुसार एमालेका १ हजार ८६ नेता कार्यकर्ता अभियानमा सहभागी भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - अछाम

टिकटक प्रतिबन्ध लगाउने अदालतको आदेश रोक्न ट्रम्पको ‘काउन्टर आदेश’

अमेरिकाका १७ करोड टिकटक प्रयोगकर्ता छन्। साना तथा मझौला व्यवसायीका लागि टिकटक मार्केटिकङको प्रमुख स्रोत बनेको छ। टिकटक बन्द भए साना व्यवसायी मारमा पर्ने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। बाइडेनले गत वर्ष टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्सलाई जनवरी १९ सम्ममा टिकटकको स्वामित्व अमेरिकी कम्पनीलाई बेच्नु पर्ने अन्यथा प्रतिबन्ध भोग्नुपर्ने कानुनमा हस्ताक्षर गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

भोलि एमाले प्रवेश गर्दै वामदेव गौतम, मागे ‘वरिष्ठ उपाध्यक्ष’

गौतमको सचिवालय स्रोतका अनुसार आज पार्टीले सकारात्मक निर्णय गर्‍यो भने भोलि नै पार्टी प्रवेशको तयारी छ। वामदेवले वरिष्ठ उपाध्यक्षको दाबी गरेका स्रोतले बतायो। यद्यपि उनलाई एमालेमा वरिष्ठ नेताको जिम्मेवारीमा भित्र्याउने सम्भावना धेरै छ। आजको एमाले सचिवालय बैठकले यस विषयमा निर्णय गर्ने बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

क्यापिटल हिलमा दंगा मच्चाउने १५०० समर्थकलाई माफी दिने ट्रम्पको आदेश

राष्ट्रपतिमा पदभार ग्रहण गरेलगत्तै उनले यस्तो आदेश जारी गरेका हुन्। सन् २०२० को निर्वाचनमा ट्रम्पले पराजय भोगेपछि उनका समर्थकले क्यापिटल हिलमा प्रवेश गरेर दंगा मच्चाएका थिए। राष्ट्रपतिमा पराजित भएपछि ट्रम्पले आफ्ना समर्थकलाई उत्तेजतित भाषण गर्दै राष्ट्रपतिमा निर्वाचित जो बाइडेनको सपथ ग्रहण रोक्न उक्साएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

स्पेनका लागि नेपाली राजदूत नेपाल स्पेन प्रस्थान

राजदूत नेपाललाई राष्ट्रपति रामचन्द्र पौडेलले गत मङ्सिर २८ गते राजदूतमा नियुक्त गरेका थिए। सरकारले उनलाई गत साउन १६ गते स्पेनका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो। त्यसपछि गत भदौ २७ गते  संसदीय सुनवाई भई संसदीय समितिबाट नेपालको नाम अनुमोदन भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं