शुक्रबार, २२ अगस्ट २०२५

बैंकिङ् सिस्टममा अराजक गतिविधि भइरहेको छः गभर्नर अधिकारी

उनले भने, ‘बैंकको ऋण नतिर्न भनेर उस्काउने अराजक गतिविधिहरूको असर पनि धेरै ठाँउमा छ। यस्ता चुनौतीहरू भए पनि बैंकका साथिहरू खट्नु भएको छ। हामीले पनि निरन्तर रुपमा सम्बन्धित निकायहरूमा बैंकिङ् सिस्टममा यो अराजकताको असर कति ठूलो छ। दिर्घकालमा देशको अर्थतन्त्रलाई यसले कति असर पार्छ भन्ने कुरामा हामी जानकार छौं। र यस विषयमा सरोकारवालाहरूसँग छलफल भईरहेको छ। यस्ता विषयहरू सधैं रहदैनन्। समाधान हुदैँ जान्छन्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सर्वसाधारण कुट्ने असई भुजेल निलम्बित

घटना गत पुस १५ गतेको भएको खुलेको छ। भरतपुर महानगरपालिका-११ पारस बस पार्कदेखि आँपटारी जाने रोडस्थित मञ्जुश्री आश्रम नजिक अस्थायी प्रहरी बिट गणेशस्थानबाट खटिएका असई भुजेलले मोटरसाइकल चालकमाथि कुटपिट गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

एमाले छोड्ने लहर- विराटनगरमा १८ एमाले कार्यकर्ताको सामूहिक राजीनामा

गत पुस २५ गते बसेको महानगर कमिटीको पदाधिकारी बैठकबाट भएको निर्णयप्रति एमाले महानगर कमिटिमा चर्को असन्तुष्टि बढेको थियो। खानेपानी आयोजनाको निर्वाचनको विषयलाई लिएर एमाले मोरङ जिल्ला कमिटीले तत्कालीन महानगर कमिटी अध्यक्ष सागर थापा, सहसचिव नवराज नेपालसहित वडा नम्बर ३ का अध्यक्ष लालमणि भट्टराईलाई कारबाही गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

सुप्रिम सहकारी ठगीमा जीबीकी श्रीमतीसहित दुई दाइ पनि प्रतिवादी

जीबीकी श्रीमती निशा स्प्रिङउड रियलस्टेट एन्ड हाउजिङ प्रालिको सेयरधनी हुन्। अनन्तबाबु स्प्रिङउडकझ सेयर सदस्य र  जीबीको गोर्खा ग्रुप अफ कम्पनीका सञ्चालक समिति सदस्य हुन्। देवेन्द्रबाबु सुप्रिमको सञ्चालक समिति सदस्य हुन् ।

बिएल संवाददाता

बिएल संवाददाता - रुपन्देही

त्रिपाठीमाथि आक्रमण गरी फरार महिला पक्राउ

उनीसहित पक्राउ पर्नेको संख्या तीन पुगेको छ। गत शनिबार हुम्लाको अदानचुली गाउँपालिका-४ घर भई काठमाडौंमा सुर्यदर्शन हाईट बस्ने अन्दाजी ५२ वर्षीय महेन्द्र पाण्डे भन्ने महानन्द जैसीलाई प्रहरीले पक्राउ गरेको थियो। त्यसअघि प्रहरीले गत माघ २ गते बुधबार त्रिपाठीमाथि आक्रमण भएकै दिन साँझ दोलखा जिल्लाको तामाकोशी गाउँपालिका-१ का ४८ वर्षीय ललीत केसीलाई पक्राउ गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बुटले भकुर्ने प्रहरीको पहिचान, विभागीय कारबाही

भरतपुर महानगरपालिका-११ बसेनी चोकमा गस्ति गर्ने क्रममा प्रहरी कर्मचारीले मोटरसाइकल चालकमाथि निर्घात कुटपिट गरेको भिडियो भाइरल भएपछि प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको हो। मोटरसाइकलको लाइसेन्स चेक गरिरहेको समयमा सडक छेउमा सेतो सर्ट लगाएका सर्वसाधारणमाथि पावर देखाउँन खोजेको भन्दै प्रहरी कर्मचारीले बुटले भकाभक हिर्काएको भिडियोमा देखिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

‘जनतालाई १८ घण्टा अँध्यारोमा राखेर दिएको विद्युतको महशुल तिर्नुपर्छ’- कुलमान

कार्यकारी निर्देशक घिसिङले डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौदाको विषय जनतालाई दैनिक १८ घण्टासम्म अन्धकारमा राखेर उद्योगहरूलाई दिइएको विद्युत भएको बताउँदै उक्त विद्युत उपभोगको रकम तिर्नैपर्ने बताए। उनले भने, ‘जनतालाई लोडसेडिङमा पारेर तत्कालिन म्यानेजमेन्टसँग पनि मिलेर उद्योगीले २० घण्टा २४ घण्टासम्म विद्युत उपभोग गरेको पैसा नतिरेको आज मात्र हैन त्यो बेलादेखि नै लिन खोजेको हो। बीचमा उहाँहरूले धेरै अदालत र मुद्दा गर्नुभयो। त्यो लिनुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बैंकको प्रतिष्ठालाई पहिलो कार्यसूची बनाउँन कर्मचारीलाई अर्थमन्त्रीको आग्रह

साथै उनले प्राय व्यवस्थापन र कर्मचारीबीच राम्रो सम्बन्ध नहुँदा कतिपय संस्थाहरूले अपेक्षित प्रगती गर्न नसकेको बताए। उनले हरेक बैंकहरूले रोजगारी सिर्जना हुने ठाउँमा आफ्नो लगानी गर्न समेत आग्रह गरे। कृषि विकास बैंक स्थापनाको ५८ औं वर्षमा प्रवेश गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेसलाई बलियो बनाउन भारतमा रहेका नेपालीको ठूलो भूमिका छ- महत

डा. महतले कुनै पनि संगठनलाई बलियो बनाउन नेता कार्यकर्ता सबैले व्यक्तिवादी मानसिकता त्याग्नु पर्नेमा जोड दिए। उनले पार्टीमा व्यक्तिवादी सोच र आफू केन्द्रित प्रवृत्ति हावी हुन खोजेको भन्दै यस्ता किसिमका प्रवृत्तिलाई निस्तेज पार्न कांग्रेसका नेता कार्यकर्ता सबै लाग्नुपर्ने जिकिर गरे।

बिएल संवाददाता

बिएल संवाददाता - नयाँ दिल्ली

एमालेमा पहिरोः भीम रावललाई साथ दिने भन्दै ५९ नेताद्वारा पार्टी परित्याग (नामावलीसहित)

एमालेका ५९ जना नेता–कार्यकर्ताले डा. भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानलाई समर्थन गर्ने घोषणा गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अटोमेटिक पेस्तोलसहित भारतीय पक्राउ, को थियो निशानामा?

तीनजना व्यक्ति एक होटलमा बसेर खाजा खाइरहेको र गतिविधि शंकास्पद रहेको खबर पाउना साथ सशस्त्र प्रहरी बलको टोली  मठियाबाट खटिएको एसपी हुमागाईंले बताए। आईतबार राति साढे ८ बजेको समयमा उक्त पसलमा सशस्त्र प्रहरीको टोली पुग्दा दुई जना भागेपनि हतियार बोकेका एक जना व्यक्तिलाई पक्राउ गर्न सफल भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहटले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - रौतहट

‘पावर देखाउँछस्’ भन्दै बुट बजार्ने प्रहरीमाथि होला त कारबाही?

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यो घटना चितवनको भएको उल्लेख गरेका छन्।  घटनाबारे छानबिनका लागि समिति बनाएर काम सुरु भइसकेको चितवन प्रहरी प्रमुख एसपी गौतम मिश्रले बताए। चितवनको घटना भनिएकोले छानबिनका लागि डीएसपी ज्ञान कुमार महतोको नेतृत्वमा समिति गठन गरिएको उनले बताए। यद्यपि घटनाबारे विस्तृत जानकारी थाहा भइनसकेको  उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

सोमबार संघीय संसदअन्तर्गत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको २५७ औँ बैठक बस्दैछ। बैठक बिहान साढे ११ बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको हलमा बस्न लागेको हो। बैठकमा राष्ट्रिय निकुञ्जहरूको नीतिगत समस्याहरूको सम्बन्धमा निकुञ्ज प्रमुखहरूसँग छलफल गरिँदैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

स्पेनिस ला–लिगामारियलको सहज जित

केलियन एमबाप्पेको दुई गोलको मद्दतमा रियल मड्रिडले स्पेनिस ला–लिगामा सहज जित हासिल गरेको छ। आइतबार राती भएको खेलमा रियलले १० खेलाडीमा सीमित लास पाल्मासलाई ४–१ ले पराजित गरेको हो। घरेलु मैदानमा भएको खेलमा रियललाई जित दिलाउन एमबाप्पेबाहेक ब्राहिम डियाज र रोड्रिगोले गोल गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यु–१९ महिला विश्वकपमा आज नेपालले स्कटल्याण्डसँग खेल्दै

आईसीसी यु–१९ महिला टी–२० विश्वकपमा सोमबार नेपालले दोस्रो प्रतिस्पर्धा गर्दैछ। पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको नेपाल आज दोस्रो खेलमा स्कटल्याण्डसँग भिड्न लागेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

खो खो विश्व कपमा नेपाली पुरुष टोली बन्यो उपविजेता

खो खो विश्व कपमा नेपाली पुरुष टोली उपविजेता बनेको छ।दिल्लीस्थित इन्दिरा गान्धी रंगशालामा आइतबार आयोजक भारतसँग ५४–३६ ले पराजित हुँदै नेपाल उपविजेता बनेको हो।

बिएल संवाददाता

बिएल संवाददाता -

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।  निर्धारित विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ८८ पैसा कायम भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आजको मौसमः कर्णाली र सुदुरपश्चिम प्रदेशमा आंंशिक बदली रहने

हाल देशमा पश्चिमी  न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार  देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। दिउँसो कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली र पहाडी क्षेत्रमा आंंशिक बदली रहने सम्भावना रहेको छ। तराइमा मुख्यतयाः सफा रहनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माघ १०देखि सहिद सप्ताह मनाइने, यस्ता छन् कार्यक्रमकाे तालिका

वि.सं. १९९७ साल माघ ७ गते सिंहदरबारमा राजा त्रिभुवन र प्रधानमन्त्री जुद्धशमसेरसहितको इजलासले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, दशरथ चन्द र पूर्णनारायण प्रधान गरी ५ जनालाई सर्वस्वसहित ज्यान सजायको फैसला सुनाएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ