
मधेश आन्दोलनका कारण संघीयता स्थापना भएको उपेन्द्र यादवको दाबी
बलिदानी दिवसको अवसर पारेर मधेस सरकारले सहिदहरूको सम्मानमा विभिन्न कार्यक्रम गर्ने भएको हो। मधेस सरकारले सहिदहरूको परिवारलाई अभिनन्दनका साथै सहिदहरूको सम्मानमा एक लाख बढी दीप बाल्ने कार्यक्रम रहेको मधेस सरकारका गृह संचार तथा कानूनमन्त्री राजकुमार लेखीले जानकारी दिए। उनका अनुसार जनकपुरधामको जानकी मन्दिर प्राङ्गणमा साँझ दीप बाल्ने कार्यक्रम छ। मधेश प्रदेशका जिल्लामा शहीदहरूको सम्मानमा विभिन्न कार्यक्रम हुने जनाइएको छ।

बिएल संवाददाता - सिराहा