
प्रचण्डलाई गोकुलको प्रश्न- सत्ता खुस्केको झोंक सिस्टममाथि पोख्न मिल्छ?
नेकपा एमालेका सांसद गोकुल बास्कोटाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सत्ता खुस्केको झोंक सिस्टममाथि पोख्न खोजेको आरोप लगाएका छन्। प्रचण्डले गणतन्त्रमाथि खतरा पैदा भएको दाबी गरेपछि बास्कोटाले शुक्रबार सामाजिक सञ्जालमार्फत कटाक्ष गरेका हुन्।

बिएल संवाददाता - काठमाडौं