बिएल संवाददाता
अत्यधिक चिसो बढेसँगै हिमाली जिल्ला मुगुको सोरु गाँउपालिका-६ मा रहेको तातोपानीमा नुहाउन आउनेहरूको भिड बढेको छ।
तातोपानीमा नुहाउँदा शरीरका विभिन्न अंगहरू ,जोर्नी, छाला चिलाउने, शरीर झमझमाउने, बाथरोग ,टाउको, पेट दुखाइलगायतका अन्य रोग ठिक हुने विश्वास गरिन्छ। विशेष गरी पुस र माघ महिनामा तातोपानीमा नुहाउँदा फाइदाजनक हुनेमा स्थानीयवासी विश्वास गर्छन्।
‘तातोपानीमा नुहाउँदा आनन्द आउँछ। सञ्चो महसुस हुन्छ। पाँच पटकसम्म नुहाएको छु। जति नुहायो त्यतिनै निरोगी भइन्छ। यहाँका स्थानीय तहले बाटो, नुहाउने धारा, कुण्डलगायतमा नुहाइसकेपछि कपडा फेर्ने घर, शौचालयलगायतका पूर्वधारको व्यवस्था गरिदिएको भए राम्रो हुनेथियो,’ स्थानीय कृष्ण बोहोराले भने।
तातोपानीमा नुहाउने स्थानको प्रचार-प्रसार नभएको पनि स्थानीयवासीको गुनासो छ। धेरैजसो मान्छेलाई मुगुको सोरुमा तातोेपानी छ भन्ने नै थाहा छैन्। स्थानीय सरकारले डीपीआर भनेर आठ लाख भन्दा बढी खर्च गरिसक्यो। डिभिजन वन कार्यालयले पाँच लाख र अन्य सरकारी निकाय एवं पर्यटन बिकास समितिमार्फत लाखौं खर्च भइसकेको भएपनि प्रचार नभएको गुनासो छ।
सोरु गाँउपालिका-९ का सर्जनबहादुर शाहीका अनुसार तातोपानी क्षेत्रको प्रचार प्रसार हुनसके पर्यटक बढ्ने र रैथाने वस्तुको विक्री बढ्ने छ। तातोपानीमा विशेष गरी बुढाबुढी ,महिला, वालवालिकाहरू आउने गरेका छन्।
तस्विरहरूः दानबहादुर बुढा/ नेपाल न्यूज बैंक
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया