बिएल संवाददाता
नेपाल कबड्डी लिग (एनकेएल) शुक्रबारबाट काठमाडौंमा सुरु हुँदैछ।
बिहीबार दशरथ रंगशालामा आयोजित प्रि-म्याच कन्फ्रेन्समा सबै लिगका प्रशिक्षक तथा खेलाडीहरूले तयारी राम्रो भएको र उत्साहित रहेको बताएका छन्। उदघाटन खेलमा शुक्रबार काठमाडौं माभरिक्स र पोखरा लेकर्सबीच प्रतिष्पर्धा हुने छ।
फ्रेन्चाइज टिमको अवधारणामा आयोजित प्रतियोगिता राउन्ड रोबिन लिग र नकआउट चरण गरी माघ १८ गतेसम्म चल्ने आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले जनाएको छ।
प्रतियोगितामा ६ टिमको सहभागीता रहने छ। जसमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाडौं माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स (बुटवल) र धनगढी वाइल्डक्याट्स छन्।
राउन्ड रोबिन लिगको शीर्ष चारमा रहने टिम नकआउट चरणमा प्रवेश गर्नेछन् भने इलिमिनेटर र क्वालिफायरपछि फाइनल खेल्ने दुई टिमको टुंगो लाग्नेछ।
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया