शुक्रबार, २२ अगस्ट २०२५

अधिवक्ता कुट्ने रास्वपाका कार्यकर्तालाई कारबाही गर्न महेश बस्नेतको माग

सहकारी पीडितको पक्षमा वकालत गरेकै कारण त्रिपाठीलाई रास्वपा कार्यकर्ताले कुटेको दावी गर्दै उनले उक्त कार्यको निन्दा गरेका छन्। यो घटनालाई लोकतन्त्र, कानुनी शासन र स्वतन्त्र न्यायपालिकामाथिको हस्तक्षेपका रुपमा अर्थ्याउँदै बस्नेतले यसमा संलग्नलाई तत्काल कारबाही गर्न सरकारसँग माग गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

१५ महिनापछि इजरायल–हमास युद्धविराम सम्झौता, गाजामा खुसियाली

अमेरिकी राष्ट्रपति जो बाइडनले सम्झौताको पुष्टि गरेका छन्। सम्झौतामा पूर्ण युद्धविराम, गाजाबाट इजरायली फौज फिर्ता र हमाससँग भएका सबै बन्धकहरूको रिहा समेटिएको बाइडेनले बताएका छन्। तर, बीबीसीले भने पहिलो चरण सफल भएमा स्थायी युद्धविरामका लागि वार्ताहरू हुने खुलासा गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बलिउड अभिनेता सैफ अली खानमाथि छुरा प्रहार

सैफलाई गम्भीर अवस्थामा लीलावती अस्पतालमा भर्ना गरिएको समाचारमा उल्लेख छ। मुम्बई प्रहरीका अनुसार एक अज्ञात व्यक्ति अबेर राति सैफको घरमा छिरेको थिए। र, अचानक आक्रमण गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - मुम्बई

आज चार संसदीय समितिको बैठक बस्दै

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्दै छ। बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विपक्षी दलहरूले आज संयुक्त पत्रकार पत्रकार सम्मेलन गर्दै

हिजो बसेको विपक्षी दलको संयुक्त बैठकले संसद्को हिउँदे अधिवेशन बोलाउन सरकारसँग माग गर्ने सहमति जुटाएसँगै आज पत्रकार सम्मेलनको आयोजना गर्न लागेका हुन्। आजको पत्रकार सम्मेलनको तयारीका लागि नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुन र नेकपा एसका नेता बेदुराम भुषालको २ सदस्यीय कार्यदल बनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चलचित्र ‘कार्साङ’ले ६ दिनमा कमायाे एक करोड ४५ लाख

सुरुका दिनमा केही कम दर्शक देखिए पनि विस्तारै यो सिनेमामा दर्शकको संख्या बढ्दै गएको वितरक कम्पनी आरआर फिल्मसले जनाएको छ। माघ १ गतेबाट हलमा दर्शकको चाप बढ्दै जाँदा आकर्षक ग्रसकलेक्सन हुँदै आएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि दुर्व्यवहार गर्नेमाथि कारबाही गर्न कांग्रेसको माग

कांग्रेसले विधिको शासन, कानूनी राज्य र न्यायपालिकाप्रति विश्वास राख्ने राजनीतिक दलका लागि यो अराजकता र अवांछित गतिविधि कदापी स्वीकार्य हुन नसक्ने बताउँदै सो घटनाको घोर निन्दा र भत्सर्ना गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कालीगण्डकी दोहन रोक्न व्यानर प्रदर्शन

कालीगण्डकी नदीको जथाभावी दाेहाेन भएको भन्दै त्यसलाई राेक्नका लागि व्यानर प्रदर्शन भएको छ। कालीगण्डकी बचाऔं अभियानले माघे संक्रान्तिका दिन पर्वतको प्रसिध्द मोदीवेणी धाममा व्यानर प्रदर्शन गरेको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

६० लाख धराैटी बुझाएर छुटे रवि

काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको रकम ठगी गरेको आरोपमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ६० लख धरौटी बुझाएर रिहा भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

टुँडीखेल, खुल्लामञ्च आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भयो: बालेन

राष्ट्रपति रामचन्द्र पाैडेले भूमि सम्बन्धी अध्यादेश जारी गरेसँगै आफ्नाे प्रतिकृया दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले भनेका छन्– ‘अब खोला मात्र हैन टुँडीखेल, खुल्लामञ्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ। बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

विकासका लागि अध्यादेश ल्याएका हौँ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा रहेका प्रमुख दलका शीर्ष नेता, विज्ञ र सरोकार भएका पक्षसँगको सघन छलफलपछि सुशासन र विकासका लागि जरुरी भएकाले विभिन्न अध्यादेशहरु ल्याइएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

राेकिराखेकाे भूमि सम्बन्धी अध्यादेश राष्ट्रपति पाैडेलले गरे जारी

राष्ट्रपति रामचन्द्र पौडेलले आफैले राेकिराखेकाे भूमि सम्बन्धी अध्यादेश जारी गरेका छन्। बुधबार भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

राष्ट्रपतिले जारी गरे भूमि अध्यादेश

राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी अध्यादेश जारी गरेका छन्। राष्ट्रपति पौडेलले बुधबार भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रास्वपाले भन्यो– त्रिपाठीमाथि हातपात गर्नेलाई कारबाही गर्छैँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात गर्नेलाई छानबिन गरेर कार्वाही गर्ने बताएको छ। बुधबार साँझ जिल्ला अदालत काठमाडौँ परिसरमा त्रिपाठीमाथि रास्वपा सभापित रवि लामिछानेको समर्थनमा आएका केही युवाहरूल हातपात गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

दिनेश त्रिपाठीमाथि आक्रमण प्रयास गर्ने को हुन् थाहा छैन: सन्तोष परियार

जिल्ला अदालत काठमाडौँ अगाडि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमणको प्रयास भएको छ।  स्वर्णलक्ष्मी सहकारीको रकम ठगी आरोपमा हिरासतमा रहेकालामिछानेको थुनछेक बहस चलिरहँदा उनको विपक्षमा बहस गर्ने वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमणको प्रयास भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रवि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न अदालतले दियो आदेश

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण मुछिएका राष्ट्रिय स्वतन्त्र पाटीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ। थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रवि लामिछानेका समर्थकहरूले घेरियाे अदालत, सरकारी वकिललाई आक्रमण प्रयास (तस्बिरहरू)

यतिबेला जिल्ला अदालत काठमाडाैं राष्ट्रिय स्वतन्त्र पाटीका सभापति रवि लामिछानेका कार्यकता तथा समर्थकहरूले घेरिएकाे छ। लामिछानेकाे समर्थनमा उत्रिएका उनीहरूले नाराबाजी पनि सुरू गरिसकेका छन्। त्यहीक्रममा उनीहरूले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण प्रयास गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

माघ १६ गते काठमाडाैंमा कार्यक्रम गर्ने समाजवादी मोर्चाकाे निर्णय

समाजवादी मोर्चाले आगामी माघ १६ गते काठमाडौंमा कार्यक्रम गर्ने निर्णय गरेको छ। बुधबार बसेको बैठकले कार्यक्रम गर्ने निर्णय गरेको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेपाल निर्माण व्यवसायी महासंघले गर्‍यो आन्दोलनको घोषणा

निर्माण उद्योगमा एकपछि अर्को गरी जटिल समस्याहरू देखा परी निर्माण उद्योग पूर्ण रुपमा धराशायी हुने निश्चित भएकाले निर्माण उद्योगका तमाम समस्या समाधानका लागि नेपाल निर्माण व्यवसायी महासंघ समेतको प्रतिनिधित्व रहने गरी निर्माण उद्योगलाई बचाउनका लागि उच्चस्तरीय आयोग गठन हुनुपर्ने बुधबार गरिएकाे पत्रकार सम्मेलनमार्फत महासंघले माग राखेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं