आइतबार, ०९ अगस्ट २०२६

रवि लामिछानेका समर्थकहरूले घेरियाे अदालत, सरकारी वकिललाई आक्रमण प्रयास (तस्बिरहरू)

सनीराज शाक्य

सनीराज शाक्य

काठमाडाैं
News Image
• • •

यतिबेला जिल्ला अदालत काठमाडाैं राष्ट्रिय स्वतन्त्र पाटीका सभापति रवि लामिछानेका कार्यकता तथा समर्थकहरूले घेरिएकाे छ। 

बुधबार स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेकाे थुनछेक बहस सकिएसँगै अदालत बाहिर समर्थकहरूकाे भीड लागेकाे हाे। 

लामिछानेकाे समर्थनमा उत्रिएका उनीहरूले नाराबाजी पनि सुरू गरिसकेका छन्। त्यहीक्रममा उनीहरूले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण प्रयास गरेका छन्।

सहकारी पीडितका तर्फबाट बहस गरेका त्रिपाठीलाई बाहिर निस्कने क्रममा समर्थकहरूले आक्रमणकाे प्रयास गरेकाे हाे। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!