बिएल संवाददाता
संघीय संसदका विपक्षी दलहरूले आज पत्रकार सम्मेलन गर्दैछन्।
हिजो गर्ने भनिएको पत्रकार सम्मेलन अन्तिम समयमा स्थगित भए पछि सो पत्रकार सम्मेलन आज गर्न लागिएको हो। पत्रकार सम्मेलन दिउँसो ३ बजे हुने भनिए पनि स्थान भने अझै सार्बजनिक गरिएको छैन्।
बुधवार बसेको बिपक्षी दलको संयुक्त बैठकले संसद्को हिउँदे अधिवेशन बोलाउन सरकारसँग माग गर्ने सहमति जुटाएसँगै हिजो पत्रकार सम्मेलनको आयोजना गर्ने जनाएका थिए।
तर, अन्तिम समयमा स्थगित भए पछि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड हिजो चितवन, माडी पुगेका थिए।
अध्यादेशबाट सरकार सञ्चालन गर्ने प्रवृत्ति देखिएको साझा निष्कर्ष निकाल्दै बिपक्षी ६ दलको बैठकले चाँडोभन्दा चाँडो नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन माग गर्ने समझदारी गरेका थिए।पत्रकार सम्मेलनको तयारीका लागि नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुन र नेकपा एसका नेता बेदुराम भुषालको २ सदस्सीय कार्यदल बनाएको थियो, बुधवार बसेको बिपक्षी दलको बैठकले साझा धाराणा बनाउन ड्राफ्ट तयार गर्ने जिम्मेवारी उनीहरूलाई तोके पनि काम पुरा नभएको भन्दै पत्रकार सम्मेलन आजका लागि सरेको हो।
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया