बिएल संवाददाता
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश आन्दोलनका प्रथम सहिद रमेश महतोको सालिकमा माल्यार्पण गरेका छन्।
सिराहाको लाहानमा रहेको महतोको सालिकमा माल्यार्पण गर्न अध्यक्ष यादव शनिबार बिहान त्यहाँ पुगेका हुन्।
उनले मधेश आन्दोलनका कारण मधेशमा संघीयता स्थापना भएको दाबी गरेका छन्। मधेश आन्दोलनको क्रममा महतोस माघ ५ गतेका दिन मधेस आन्दोलनको बलिदानी दिवसको रूपमा मनाउँदै आएको छ।
बलिदानी दिवसको अवसर पारेर मधेस सरकारले सहिदहरूको सम्मानमा विभिन्न कार्यक्रम गर्ने भएको हो। मधेस सरकारले सहिदहरूको परिवारलाई अभिनन्दनका साथै सहिदहरूको सम्मानमा एक लाख बढी दीप बाल्ने कार्यक्रम रहेको मधेस सरकारका गृह संचार तथा कानूनमन्त्री राजकुमार लेखीले जानकारी दिए।
उनका अनुसार जनकपुरधामको जानकी मन्दिर प्राङ्गणमा साँझ दीप बाल्ने कार्यक्रम छ। मधेश प्रदेशका जिल्लामा शहीदहरूको सम्मानमा विभिन्न कार्यक्रम हुने जनाइएको छ।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया