बिएल संवाददाता
मातृभूमी जागरण अभियानका प्रस्तावक डा. भीम रावलले एमालेबाट निष्कासित हुनुपर्दा दुःख लागेको बताएका छन्।
मातृभुमी जागरण अभियान साँफेबरले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै उनले ४९ वर्ष पार्टी सदस्य भएको र ५१ वर्षदेखि देश र जनताको लागि बोकेर हिँडेको झण्डा च्यात्न खोज्दा खुसी हुन नसकेको बताएका हुन्।
उनले भने, ‘तपाईंहरूलाई थाहा छ ५१ वर्षसम्म यी डाँडाकाँडामा मैले मार्क्सवाद र लेनिनवादको झण्डा बोकेर हिँडे। यो पार्टीमा सदस्य भएको पनि ४९ वर्ष भएछ। ४९ वर्ष पार्टी सदस्य भएको मलाई निकालेर ५१ वर्षदेखि देश र जनताको लागि बोकेर हिँडेको झण्डा च्यात्न खोज्दा मलाई खुसी अवश्य पनि लागेको छैन।’
उनले दुःखलाई शक्तिमा बदलेर अत्याचारको विरुद्ध उभिनु पर्ने बताए। उनले भने, ‘हामीले यो दुःखलाई शक्तिमा बदलेर अत्याचारको विरुद्धमा शङ्खघोष गर्नु परेको छ। यसका लागि तपाईंहरू दृढताका साथ अगाडि बढ्नुहोस्, तपईंहरू साथ दिनुहोस् नेतृत्व म गर्छु। तपाईंहरू हामी एक्लै छौं भन्ने नठान्नुहोस्।’
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया