
त्रिपाठीमाथि आक्रमण गर्ने अर्का व्यक्ति पक्राउ
पक्राउ पर्नेमा हुम्लाको अदानचुली गाउँपालिका-४ घर भई काठमाडौंमा सुर्यदर्शन हाईट बस्ने अन्दाजी ५२ वर्षीय महेन्द्र पाण्डे भन्ने महानन्द जैसी छन्। उनलाई माघ ५ गते शनिबार टोखा नगरपालिका-३ बाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। पाण्डेसहित पक्राउ पर्नेको संख्या दुई पुगेको छ। प्रहरीले गत माघ २ गते बुधबार त्रिपाठीमाथि आक्रमण भएकै दिन साँझ दोलखा जिल्लाको तामाकोशी गाउँपालिका-१ का ४८ वर्षीय ललीत केसीलाई पक्राउ गरेको थियो।

बिएल संवाददाता - काठमाडौं