बिएल संवाददाता
बलिउडमा मित्रता र शत्रुताको कथा धेरै सुनिन्छ। बलिउडमा मित्रताका धेरै सुन्दर कथाहरू छन्। यीमध्ये एउटा कथा करण जोहर र काजोलको हो।
अहिले काजोल र करण बलिउडका सबैभन्दा मिल्ने साथीहरू हुन्। करणले आफ्नो फिल्म मेकिङको करिअर ‘कुछ कुछ होता है’बाट गरेका थिए। यसमा काजोल र शाहरुख खानले सँगै काम गरेका थिए।
भलै, काजोल र करण अहिले मिल्ने साथीहरू हुन्। तर कुनैबेला काजोलले करणको मजाक बनाएर रूवाएकी थिइन्।
काजोल र करणको पहिलो भेट राम्रो थिएन। जब उनीहरू पहिलो पटक भेटेका थिए, त्यो समय करण मात्र १६ वर्षका थिए। त्योबेला काजोलले यस्तो रियाक्स दिएकी थिइन् कि उनी लजाएर रुँदै बाहिर निस्किएका थिए।
उनीहरू पहिलोपटक एक पार्टीमा भेटेका थिए। काजोल आफ्नो आमा तनुजासँग पार्टीमा गएकी थिइन्। त्यही आमा तनुजाले उनको भेट करणसँग गराइदिएकी थिइन्। र, एकअर्कोसँग डान्स गर्न लगाइन्।
जब काजोल करणसँग डान्स गर्न थालिन्। उनी जोड–जोडले हाँसन थालिन्। काजोल हाँसेको देखेर करणले डान्स गर्न बन्द गरिदिए। तरपनि काजोलको हाँसो रोकिएन। खासमा, काजोललाई करणको कपडा लगाउने तरिका देखेर हाँसो लागेको थियो।
त्यतिबेला सानै उमेरमा थिए करण। तर उनी ठुलो मान्छेजसतो सूट–बुट पहिरिने गर्थे। उनको पहिरन देखेर हाँसेकी काजोलको सिकायत उनले तनुजासँग गरेका थिए। र, उनी छोरी काजोल ठिक छैन भनेका थिए।
त्यसपछि उनी रुँदै पाटी छोडेर घर गएका थिए। त्यो घटनाको खुलासा काजोल स्वयंमले गरेकी हुन्। ‘मैले करणको अगाडि नै भनिदिएकी थिएँ कि उनी त्यो लुगामा फन्नी देखिएका छन्’, काजोले भनिन्।
भलै, पहिलो भेट उनीहरूको राम्रो थिएन। तर अहिले उनीहरू मिल्ने साथीहरू हुन्।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया