बिएल संवाददाता
बलिउडमा नयाँ पुस्ताको रोजाईको हिरो बनेका चर्चित अभिनेता टाइगर श्राफमाथि गोली प्रहार भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार आइतबार साँझ जुहु क्षेत्रमा घरबाट बाहिर निस्कने क्रममा अज्ञात व्यक्तिहरूले श्राफको गाडीमाथि आक्रमण गरेका थिए।
घटनाका क्रममा चार राउन्ड हवाई फायर गरिएको जनाइएको छ। भारतीय समाचार संस्था एएनआईले प्रहरीलाई उद्धृत गर्दै आक्रमणमा अभिनेता श्राफ सुरक्षित रहेको, तर उनका गाडी चालकसहित दुई जना घाइते भएको जनाएको छ। चालकलाई गोली लागेपछि श्राफ आफैले गाडी चलाएका थिए। उनलाई हात र छातिमा गनपाउडरले केहीमात्रै असर गरेको छ।
घटनाको अनुसन्धानका लागि मुम्बई प्रहरीले १५ वटा टोली गठन गरेको बताइएको छ। आक्रमणमा संलग्न व्यक्तिहरूको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ। टाइगर श्राफ चर्चित अभिनेता ज्याकी श्राफका छोरा हुन्।
यसबीचमा महाराष्ट्रका उपमुख्यमन्त्री एकनाथ सिन्देले राति नै श्राफको निवासमै पुगेर उनलाई भेटेका छन्। र उनले यो अवस्थामा सिङ्गो महाराष्ट्र सरकार साथमा रहेको भन्दै आतंक र गुण्डागर्दीविरुद्ध मुम्बइ प्रहरी कडा उत्रिने चेतावनी पनि दिएका छन्।
बलिउडको इतिहासदेखि नै कलाकारहरूमाथि आक्रमण नयाँ होइन। ९० को दशकतिरबाट बलिउडमाथि अन्डरवर्ल्डको समेत नजर पर्न थाल्यो। उनिहरूले बलिउडमा लगानी पनि गर्न थाले र मन नपरेकाहरूलाई टार्गेट पनि गर्न थाले। यसरी बलिउड झन् झनु असुरक्षित हुँदै गयो।
सन् १९९७ मा फिल्म निर्देशक रावीज रोयको हत्यादेखि निर्माता रोहित सेट्टी, अभिनेता सलमान खान, सैफ अलीखान, राघव तिवारी अनि दिशा पटानीसम्म गोली प्रहार धम्कीका घटनाहरू भइरहँदा फिल्म निर्माता राकेश रोशनको हत्या भएको थियो।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया