बिएल संवाददाता
चलचित्र बाटुलो जून यतिबेला विवादमा परेको छ।
अष्ट्रेलियामा चलचित्र प्रदर्शनको अधिकार खरिद गरेको हिमारू इन्टरटेनमेन्टका प्रमेज धामीले आफ्नो समूहलाई गुमराहमा राखेर निर्माताले अर्को समूहलाई पनि अष्ट्रेलियाकै लागि चलचित्र प्रदर्शनका लागि सम्झौता गरेर घात गरेको आरोप लगाएका छन्।
‘हामीले अष्ट्रेलिया र न्यूजिल्याण्डका लागि चलचित्र प्रदर्शन अधिकार खरिद गरेर रकम पनि दियौं र सम्झौता पनि भयो। तर चलचित्र रिलिज हुने अन्तिम तयारी भैराख्दा बाटुलो जून समूहले यो चलचित्र अर्को समूहलाई पनि बेचेको जानकारी आएपछि हामी मारमा परेका हौं। हामी कानुनी लडाईंमा गएका छौं,’ धामीले भने।
उनका अनुसार हिमारू समूहसँग सम्झौता गरेपछि फेरि अर्कोसँग सम्झौता गर्नु भनेको अनैतिक र अव्यावसायिक कृयाकलापको पराकाष्ट भएको छ।
उनले भने, ‘चलेको ब्यानर र पुराना कलाकारहरूको यस्तो बेइमानी व्यवहार साँच्चै समग्र चलचित्र क्षेत्रको लागि घातक हो। यसले नेपाली सिनेमा क्षेत्रलाई बदनाम गर्नु बाहेक केही गर्दैन।’
यसैबीच अष्ट्रेलियाको हिमारूले चसचित्र बाटुलो जून खरिद गरेको जानकारी पाउँदा पाउँदै पनि अर्को समूह यो सिनेमाको विश्व अधिकार किन्छु भनेर अगाडि पढ्नु अर्को लाजमर्दो प्रसंग उठेको छ।
हिमारूले चलचित्र बाटुलो जूनलाई अष्ट्रेलिया र न्यूजिल्याण्डमा बक्स अफिस रिलिज गर्न सबै कानुनी प्रकृया पुरा गरेको र लाखौं रुपैयाँ खर्च भइसकेको जानकारी गराएको छ। तर चलचित्र रिलिज हुने समयमा चलचित्र निर्माताको गलत नियतका कारण आफ्नो समूहको करोडौं रकम डुब्ने अवस्था आएका कारण कानुनी रूपमा अगाडि बढ्दै क्षतिपूर्तिको माग गरेको जानकारी दिएको छ।
हिमारूले यस विषयमा चलचित्र विकास बोर्डमा पनि निवेदन दिइसकेको जनाएको छ। हिमारूले भनेको छ, ‘हामीसँग गरेको सम्झौता तोडेर हामीलाई चलचित्र प्रदर्शन गर्न दिइएन भने चलचित्र बाटुलो जून अष्ट्रेलियामा कुनै हालतमा पनि रिलिज हुन दिदैनौं र हामीलाई क्षतिपूर्ति दिनुपर्छ। हामी कानुनी लडाईं लड्न छोडदैनौं।’
यस्तो छ सम्झौता–












करोडपति जयप्रकाशलाई रक्सीले ‘रोडपति’ बनायो…
सीमान्त साहित्यः कसको आवाज, कसको कलम?
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया