बिएल संवाददाता
रोल्पाली लेखक तथा साहित्यकार अमर अधिकारीले ‘सुपर राइटर’ को उपाधि हासिल गरेका छन्।
बुढानिलकण्ठस्थित सृजनशील टोल विकास संस्थाले अधिकारीलाई उक्त उपाधिबाट विभूषित गरेको छ। अधिकारी साहित्य-लेखनमा सक्रिय छन्।
सम्मान कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. गोपिन्द्र पौडेलले सम्मानित अधिकारीलाई ‘तुफानी लेखक’ को संज्ञा दिदै परिमाणभन्दा गुणस्तरमा ध्यान दिन पनि सुझाव दिए। वरिष्ठ लेखक नारायण सुवेदी र समिर सिंहले अमर अधिकारीका कृतिहरूमाथि चर्चा गरे।
कार्यक्रममा ‘अमर अधिकारीः व्यक्तित्व र कृतित्व’ पुस्तकका लेखक डा. घनश्याम पुडासैनीले समेत अधिकारीको साहित्य-लेखनका सम्बन्धमा चर्चा गरेका थिए।
पछिल्लो समय अमर अधिकारीले साहित्य-लेखनमा एकपछि अर्को कीर्तिमान कायम गर्दै आएका छन्। उनका दिनमै ३/४ वटासम्म लेख-रचनाहरू प्रकाशन हुने गरेका छन्। उनका लेखहरूका प्रभावका कारण राष्ट्रियस्तरमा सुधारका काम पनि हुँदै आएको चर्चा गरिएको छ।
वुद्धिजिवी तथा रिपुमर्दिनी सैनिक महाविद्यालयका पूर्व प्राचार्य बाबुराम पाण्डेको सभापतित्वमा भएको उक्त कार्यक्रम विद्यालयकै शिक्षक राम श्रेष्ठले सञ्चालन गरेका थिए।
समारोहमा सांगितिक, सञ्चार, लेखन, तथा साहित्यिक फाँटका व्यक्तित्वहरूको सहभागिता थियो।
खेलाडीको भविष्यमाथि भलिबल संघको गम्भीर खेलबाड, विनाप्रतिष्पर्धा राष्ट्रिय टोली घोषणाले निम्तियो विवाद
विदेशी युवतीलाई गर्भवती बनाएर बेपत्ता भएको आरोप खेपिरहेका सांसद कार्की अहिले जनताको गुनासो सुन्दै!
फेरि गठबन्धन सरकारकै पुनरावृत्ति?
मानवअधिकार आयोगको प्रतिवेदन पुनर्विचार गर्न आवश्यक
सडकले हुर्काएको विकास...
रास्वपा बागमती अधिवेशन: ९ जिल्लाले पायाे नयाँ नेतृत्व (सूचीसहित)
रास्वपा मोरङको पहिलो जिल्ला अधिवेशनः सभापतिमा भरत कँडेल निर्वाचित
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया