बिएल संवाददाता
रोल्पाली लेखक तथा साहित्यकार अमर अधिकारीले ‘सुपर राइटर’ को उपाधि हासिल गरेका छन्।
बुढानिलकण्ठस्थित सृजनशील टोल विकास संस्थाले अधिकारीलाई उक्त उपाधिबाट विभूषित गरेको छ। अधिकारी साहित्य-लेखनमा सक्रिय छन्।
सम्मान कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. गोपिन्द्र पौडेलले सम्मानित अधिकारीलाई ‘तुफानी लेखक’ को संज्ञा दिदै परिमाणभन्दा गुणस्तरमा ध्यान दिन पनि सुझाव दिए। वरिष्ठ लेखक नारायण सुवेदी र समिर सिंहले अमर अधिकारीका कृतिहरूमाथि चर्चा गरे।
कार्यक्रममा ‘अमर अधिकारीः व्यक्तित्व र कृतित्व’ पुस्तकका लेखक डा. घनश्याम पुडासैनीले समेत अधिकारीको साहित्य-लेखनका सम्बन्धमा चर्चा गरेका थिए।
पछिल्लो समय अमर अधिकारीले साहित्य-लेखनमा एकपछि अर्को कीर्तिमान कायम गर्दै आएका छन्। उनका दिनमै ३/४ वटासम्म लेख-रचनाहरू प्रकाशन हुने गरेका छन्। उनका लेखहरूका प्रभावका कारण राष्ट्रियस्तरमा सुधारका काम पनि हुँदै आएको चर्चा गरिएको छ।
वुद्धिजिवी तथा रिपुमर्दिनी सैनिक महाविद्यालयका पूर्व प्राचार्य बाबुराम पाण्डेको सभापतित्वमा भएको उक्त कार्यक्रम विद्यालयकै शिक्षक राम श्रेष्ठले सञ्चालन गरेका थिए।
समारोहमा सांगितिक, सञ्चार, लेखन, तथा साहित्यिक फाँटका व्यक्तित्वहरूको सहभागिता थियो।
समथर मधेसबाट सिंहदरवारको अग्लो उडानमा गगन
अमेरिकामा नेपाली विद्यार्थी घटेर ३३,७३५ मा सिमीत
बालेनलाई ढाल बनाएर ओलीलाई रविको ‘चेकमेट’
भाद्र २३ गराएर २४ मा देश जलाउने आधार बनाउनेलाई दण्डित गर्नैपर्छ
जनताले प्रदेश सभामै अस्वीकार गरेका ललितजंगलाई पार्टीले पुर्यायो राष्ट्रिय सभा
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया