बिएल संवाददाता
म्याग्दीको करबाकेली क्षेत्रको सामाजिक, सांस्कृतिक, धार्मिक र पर्यटकीय विकासमा दुई दशकभन्दा लामो समयदेखि सक्रिय समाजसेवी चामबहादुर पुनको जीवनीमा आधारित वृत्तचित्र निर्माण गरिएको छ।
पत्रकार अमृत भादगाउँलेले निर्देशन गरेको वृत्तचित्र ‘चामबहादुर पुन, एन एक्जेम्प्लेरी एक्स ब्रिटिस गुर्खा सोल्जर’ले जन्मथलोको मुहार फेर्न प्रेरणा दिन्छ। लाहुरे चामबहादुरले आफ्नो जन्मथलो अन्नपूर्ण गाउँपालिका-८, काफलडाँडाको विकासमा पुर्याएको योगदान अतुलनीय छ।
काठमाडौंकोे विश्वज्योति सिनेप्लेक्समा मङ्गलबार वृत्तचित्र प्रदर्शन गरियो। प्रदर्शनीमा पर्यटन, सिनेमा, साहित्य, कला, सङ्गीत, समाजसेवा, पत्रकारिता र शिक्षा क्षेत्रका दर्शक खचाखच थिए। उनीहरूले ध्यानपूर्वक वृत्तचित्र अवलोकन गरे।
वृत्तचित्रका निर्देशक भादगाउँले, नेपाल पर्यटन बोर्डका सीईओ दीपकराज जोशी, लेखक शेखर खरेल र चलचित्र निर्देशक रवि सायमीको उनको योगदानको खुलेर प्रशंसा गरे।
पुनकै नेतृत्वमा करबाकेली क्षेत्र पर्यटकीय गन्तव्य बनिसकेको छ। गाउँमा सांस्कृतिक एवम् पर्यटकीय जागरण भित्रिएको छ।
‘एउटा सिंगो गन्तव्यको विकासमा एउटा व्यक्तिले पुर्याएको योगदान प्रशंसनीय छ’, पर्यटन बोर्डका सीईओ जोशीले भने, ‘हामी करबाकेली इको ट्रेकको प्रवर्द्धनमा हातेमालो गर्नेछौं।’
राधा पुनले निर्माण गरेको वृत्तचित्र १७ मिनेट लामो छ। यसमा लाहुरे चामबहादुर पुनको जीवनका आरोह, अवरोह र सुकर्म समेटिएको छ। पर्यटन पत्रकार अमृत भादगाउँलेले निर्देशन गरेको वृत्तचित्रका सिनेम्याटोग्राफर भवानी शिलाकार, दृश्य सम्पादक सुदीप श्रेष्ठ र व्याकग्राउन्ड सङ्गीतकार जी. पुन छन्।
स्मरणीय छ, समाजसेवी पुन करबाकेली क्षेत्रको विकासमा दुई दशकभन्दा लामो समयदेखि सक्रिय छन्। उनकै नेतृत्वमा त्यहाँको काफलडाँडामा करबाकेली थान, पुन सामुदायिक सङ्ग्रहालय, सामुदायिक पाहुनाघर आदि बनाइएका छन्। त्यति मात्र होइन, पुनहिलदेखि करबाकेली थान भएर बेनीबजार जोड्ने पदमार्गलाई ‘करबाकेली इको ट्रेक’का रुपमा ब्रान्डिङ गरिएको छ।
समाजसेवी पुनले जीवनका उर्बर १५ वर्ष बेलायती सेनामा बिताए। त्यसपछि सेकेन्ड करियरका रुपमा १० वर्ष ब्रुनाईका सुल्तानको सेवा गरे। ब्रुनाईबाट फर्केपछि उनी जन्मथलोको विकासमा तन, मन र धनले समर्पित छन्।
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया