बिएल संवाददाता
चर्चित गायिका मेलिना राईले इन्गेजमेन्ट गरेकी छन्।
उनले इलामका ध्रुव गुरूङसँग इन्गेजमेन्ट गरेकी हुन्। ध्रुव पेशाले ब्रिटिस लाहुरे रहेको बुझिएको छ। यी दुईको विवाह शुक्रबार हुँदैछ।
काठमाडौं गोकर्णेश्वरको हिमाली घर रेस्ट्रों रिसोर्टमा विवाह समारोह राखिएको छ। परिवार, आफन्त र सीमित साथीभाइको उपस्थितिमा विवाह हुन लागेको बुझिएको छ।
सामाजिक सञ्जालमा राईले इन्गेजमेन्ट गरेको भिडियो तथा तस्बिरहरू हाल्दै उनका फ्यान, शुभचिन्तक तथा कलाकारहरूले शुभकामना दिइरहेका छन्।
युट्युबमा सर्वाधिक हेरिएको ‘कुटुमा कुटु’सहित मेलिनाले स्वर दिएका दर्जनौं गीत सुपरहिट छन्। मेलिना राईका ‘पिरेम नलाउनी’, ‘बैंसै बेइमानी’, ‘नाच फिरिरी’ गीत पनि लोकप्रिय छन्।
उनी रियालिटी शो 'द भ्वाइस अफ नेपाल सिजन ६' को कोच पनि हुन। उक्त रियालिटी शो पनि भोलि शुक्रबारदेखि प्रसारण हुँदैछ।
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया