
बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासित महामन्त्री मुकुल ढकालले सभापति रवि लामिछाने अदालती प्रक्रियामा व्यस्त भएपछि पार्टी सदस्यहरूलाई पार्टीको काममा फर्कन सुझाव दिएका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत मुकुलले पार्टीले आफ्नो नियमित काम बिर्सिएको जस्तो आभाष भइरहेको भन्दै कुनै बहाना नबनाइ पार्टी र जनताको काममा फर्कन आग्रह गरेका हुन्।
उनले भनेका छन्, ‘म तपाईंहरू सबैलाई आग्रह गर्न चाहन्छु- आ-आफ्नो तह र समितिमा छलफल गर्न बैठक बोलाउनुहोस्। तपाईंको क्षेत्रका जनताको मुद्दाहरूलाई उठाउने विषयमा स्थानीय बुद्धिजीवी र जनतालाई पनि समेटेर छलफल गर्नुहोस्। त्यसपछि तयार पारिएका मुद्दाहरूलाई माथिल्लो निकाय हुँदै केन्द्रीय कार्यालयमा पठाउनुहोस्।’
उनले केन्द्रीय कार्यालयले ती मुद्दाहरूलाई संसदीय दलमार्फत छलफल गरी संसदमा उठाउने सिस्टम यसअघि नै बनाइएको उल्लेख गर्दै उक्त सिस्टमलाई फेरि जाग्रित गर्न र जनताको आवाज संसदमा लैजानु पर्ने बताए।
राजनीतिक परिस्थितिका कारण औपचारिक च्यानलमार्फत काम गर्न नसकेको उनको दुःखेसो छ। उनले अहिलेको अवस्थामा इगो लिएर बस्न नहुने पनि बताए।
सभापति रवि लामिछाने आफैं लडाईं लड्न सक्षम भएकोले पार्टीका नेता कार्यकर्ताहरूले जनताको मुद्दा उठाउने काम जारी राख्नुपर्ने बताएका छन्।
उनी भन्छन्, ‘रवि दाइ आफ्नो अदालती लडाईं आफैँ लड्न सक्षम हुनुहुन्छ। यति बेला हाम्रो कर्तव्य भनेको पार्टीलाई जीवन्त राख्दै जनताको मुद्दा उठाउनु हो। यो जिम्मेवारी हामीले कुनै हालतमा बिर्सनु हुँदैन।’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया