बिएल संवाददाता
बलिउड अभिनेता सैफ अलि खानमाथि भएको आक्रमण घटनाको अनुसन्धानका क्रममा प्रहरीले खान पत्नी करिना कपुरको बयान लिएको छ।
प्रहरीमा उनले सैफमाथि भएको आक्रमणको बेलिबिस्तार लगाएकी छन्। उनले घटना भएपछि आफू एकदम आत्तिएको बयान दिएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन्।
उनले आक्रमणकारीले घरबाट कुनै सामान नचोरेको पनि बताएकी छन्। सामान नचोरेको कारण सैफ परिवारमाथि आक्रमणकै नियतले आएको हुन सक्ने आशंका गरिएको छ।
करिनाले प्रहरीलाई दिएको बयानमा आक्रमणकारी उनको छोरा जहाँगीरलाई आक्रमण गर्न चाहन्थ्यो। तर, सैफले रोकेपछि आक्रमणकारीले उनैमाथि अन्धाधुन्ध आक्रमण गरेको थियो।
प्रहरीले यस मामिलामा ५० जना भन्दा बढी मानिसहरूसँग सोधपुछ गरिसकेको छ। प्रहरीले यस मामिलामा धेरैभन्दा धेरै सीसीटीभी फुटेज अनुसन्धान गरिएको छ।
अभिनेता सैफमाथि ६ पटक चक्कु प्रहार भएको थियो। उनको मेरुदण्ड र घाँटीमा गम्भीर चोट लागेको छ। उनको मेरुदण्ड नजिकैको चोटको शल्यक्रियासमेत गरिएको छ।
लीलावती अस्पतालका अनुसार सैफको स्वास्थ्यमा सुधार भइरहेको छ। र, उनलाई जनवरी २१ सम्ममा डिस्चार्ज गरिने सम्भावना रहेको अस्पतालले जनाएको छ।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया