बिएल संवाददाता
भारतको अहमदाबादमा एअर इन्डियाको विमान दुर्घटनामा पाइलट सुमित सभरवालले एटीसीलाई पठाएको अन्तिम कल बाहिरिएको छ।
भारतीय सञ्चार माध्यमका अनुसार दुर्घटनाको अन्तिम समयमा पाइलटले एयर ट्राफिक कन्ट्रोलर (एटीसी)लाई पठाएको ४-५ सेकेन्डको सन्देशमा विमानले थ्रस्ट नपाइरहेको र विमान उठ्न नसकेको जानकारी गराउँदै अब आफूहरू नबाँच्ने संकेत गरेका थिए।
पाइलटले भनेका थिए, ‘मेडे, मेडे, मेडे..., मैले थ्रस्ट पाइरहेको छैन। पावर घट्दैछ, विमान उठिरहेको छैन। हामी बाँच्दैनौं होला…।’
भारतको नागरिक उड्डयन मन्त्रालयका अनुसार दुर्घटनास्थलमा ब्ल्याक बक्स समेत फेला परेको छ।
विमान दुर्घटनामा विमानमा सवार २४१ सहित २७५ जनाको मृत्यु पुष्टि भइसकेको छ। विमानमा सवार एकजनामात्र जीवित फेला परेका थिए।
त्यस्तै विमान ठोक्किएको बीजे मेडिकल कलेजको होस्टेलमा पाँच डाक्टरसहित ३५ जनाको मृत्यु भएको छ।
२०० बढीको डीएनए संकलन गरिएको छ। भने मृत्यु भएका विदेशी नागरिकहरूका आफन्त भारत आउँदै गरेकाले उनीहरू आएपछि थप डीएनए संकलन गरिने छ।
डीएनए म्याच गरेर शवहरू आफन्तको जिम्मा लगाइने छ।
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया