बिएल संवाददाता
भारतको अहमदाबादमा एअर इन्डियाको विमान दुर्घटनामा पाइलट सुमित सभरवालले एटीसीलाई पठाएको अन्तिम कल बाहिरिएको छ।
भारतीय सञ्चार माध्यमका अनुसार दुर्घटनाको अन्तिम समयमा पाइलटले एयर ट्राफिक कन्ट्रोलर (एटीसी)लाई पठाएको ४-५ सेकेन्डको सन्देशमा विमानले थ्रस्ट नपाइरहेको र विमान उठ्न नसकेको जानकारी गराउँदै अब आफूहरू नबाँच्ने संकेत गरेका थिए।
पाइलटले भनेका थिए, ‘मेडे, मेडे, मेडे..., मैले थ्रस्ट पाइरहेको छैन। पावर घट्दैछ, विमान उठिरहेको छैन। हामी बाँच्दैनौं होला…।’
भारतको नागरिक उड्डयन मन्त्रालयका अनुसार दुर्घटनास्थलमा ब्ल्याक बक्स समेत फेला परेको छ।
विमान दुर्घटनामा विमानमा सवार २४१ सहित २७५ जनाको मृत्यु पुष्टि भइसकेको छ। विमानमा सवार एकजनामात्र जीवित फेला परेका थिए।
त्यस्तै विमान ठोक्किएको बीजे मेडिकल कलेजको होस्टेलमा पाँच डाक्टरसहित ३५ जनाको मृत्यु भएको छ।
२०० बढीको डीएनए संकलन गरिएको छ। भने मृत्यु भएका विदेशी नागरिकहरूका आफन्त भारत आउँदै गरेकाले उनीहरू आएपछि थप डीएनए संकलन गरिने छ।
डीएनए म्याच गरेर शवहरू आफन्तको जिम्मा लगाइने छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया