बिएल संवाददाता
इजरायल र इरानबीचको तनाव बढ्दै जाँदा मंगलबार विश्वव्यापी रुपमा तेलको मूल्यमा तीव्र वृद्धि देखिएको छ।
जुलाई डेलिभरीको लागि वेस्ट टेक्सास इन्टरमिडिएट न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जमा ३.०७ अमेरिकी डलर वा ४.२८ प्रतिशतले बढेर प्रति ब्यारेल ७४.८४ डलरमा स्थिर भएको छ। यसैबीच, अगस्ट डेलिभरीको लागि ब्रेन्ट क्रूडको मूल्य लन्डन आईसीई फ्युचर्स एक्सचेन्जमा ३.२२ डलर वा ४.४ प्रतिशतले बढेर ७६.४५ डलर प्रति ब्यारेलमा स्थिर भएको छ।
अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले विश्वव्यापी तेल बजारमा देखिएका प्रमुख अनिश्चितताहरूको बारेमा चिन्ता व्यक्त गरेको छ। २०२५ मा माग वृद्धिभन्दा धेरै विश्वव्यापी तेल आपूर्ति बढ्ने र २०३० सम्म स्थिर बजार रहने पूर्वानुमान गरिएको भए पनि, बढ्दो भूराजनीतिक जोखिमले अन्तर्राष्ट्रिय तेल बजारमा उल्लेखनीय अनिश्चितता सिर्जना गरिरहेको छ,’ एजेन्सीले आफ्नो प्रतिवेदन २०२५ मा उल्लेख गरेको छ।
एजेन्सीले आफ्नो मासिक प्रतिवेदनमा यो पनि भनेको छ कि- इजरायलले इरानमा गरेको आक्रमणले तेलको मूल्यमा उतारचढाव ल्याएको छ, तर इरानको तेल उत्पादनमा वास्तविक प्रभाव अस्पष्ट छ।
उक्त रिपोर्टका अनुसार, प्रमुख ऊर्जा कम्पनीहरूले चेतावनी दिएका छन् कि थप वृद्धिले विश्वव्यापी ऊर्जा पूर्वाधारमा गम्भीर परिणाम निम्त्याउन सक्छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया