बिएल संवाददाता
शुक्रबारदेखि जारी इजरायल-इरान युद्धमा इरानलाई ठूलो क्षति भएको छ।
इजरायलले गरेको सैन्य कारबाहीमा तेहरानको आवासीय क्षेत्रमा ठूलो मात्रामा क्षति भएको इरानको परराष्ट्र मन्त्रालयले जनाएको छ।
इजरायली आक्रमणमा इरानको परराष्ट्र मन्त्रालयको भवनमा समेत क्षति छ। रानी परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले पनि आक्रमणको पुष्टि गरेका छन्। तर भवनमा सामान्य क्षति पुगेको र कर्मचारीहरूलाई कुनै चोटपटक नलागेको दाबी गरेका छन्।
अन्तर्राष्ट्रिय मिडियाहरूले जनाए अनुसार इजरायलको आक्रमणमा इरानमा हालसम्म कम्तीमा दुई सय २४ जनाको मृत्यु भएको छ। घाइतेहरूको संख्या १४ सय नाघेको छ।
पछिल्लो आक्रमणमा आक्रमणमा ७८ जनाको मृत्यु र तीन सय २९ जना घाइते भएका इरानले जनाएको छ।
इजरायलले ‘अपरेशन राइजिङ लायन’ अन्तर्गत चार दिनदेखि इरानमाथि भिषण हमला गरिरहेको छ। इरानले पनि जवाफी कारबाही जारी रहेको बताएको छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया