बिएल संवाददाता
रुसका पूर्व यातायातमन्त्री रोमन स्टारोभोइट मृत अवस्थामा फेला परेका छन्।
सोमबार राष्ट्रपति भ्लादिमीर पुटिनले मन्त्री पदबाट बर्खास्त गरेको केही घण्टामै स्टारोभोइट मृत फेला परेका हुन्।
रुसी जाँच समितिका अनुसार उनी मस्को नजिकैको ओडिन्टसोभो क्षेत्रमा एउटा कारभित्र मृत फेला परेका हुन्।
रुसी अनुसन्धान अधिकारीका अनुसार प्रारम्भिक अनुमान अनुसार उनले आत्महत्या गरेको ठानिएको छ। यद्यपि उनको मृत्युबारे आधिकारीक कारण खुलिसकेको छैन। अनुसन्धान अधिकारीहरू उनको मृत्युको कारणबारे अनुसन्धान गरिरहेका बताइएको छ।
स्टारोभोइट सन् २०२४ मेदेखि यातायात मन्त्री थिए। त्यसअघि करिब ९ वर्षसम्म उनी कुर्स्क क्षेत्रका गभर्नर थिए। उनको बर्खास्तीको कारणबारे स्पष्ट खुलाइएको छैन।
पुटिनले स्टारोइटलाई बर्खास्त गरेको केही घण्टामै उनका सहमन्त्री एन्ड्रे निकितिनलाई कार्यवाहक मन्त्रीको जिम्मेवारी दिएका थिए।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया