बिएल संवाददाता
रुसका पूर्व यातायातमन्त्री रोमन स्टारोभोइट मृत अवस्थामा फेला परेका छन्।
सोमबार राष्ट्रपति भ्लादिमीर पुटिनले मन्त्री पदबाट बर्खास्त गरेको केही घण्टामै स्टारोभोइट मृत फेला परेका हुन्।
रुसी जाँच समितिका अनुसार उनी मस्को नजिकैको ओडिन्टसोभो क्षेत्रमा एउटा कारभित्र मृत फेला परेका हुन्।
रुसी अनुसन्धान अधिकारीका अनुसार प्रारम्भिक अनुमान अनुसार उनले आत्महत्या गरेको ठानिएको छ। यद्यपि उनको मृत्युबारे आधिकारीक कारण खुलिसकेको छैन। अनुसन्धान अधिकारीहरू उनको मृत्युको कारणबारे अनुसन्धान गरिरहेका बताइएको छ।
स्टारोभोइट सन् २०२४ मेदेखि यातायात मन्त्री थिए। त्यसअघि करिब ९ वर्षसम्म उनी कुर्स्क क्षेत्रका गभर्नर थिए। उनको बर्खास्तीको कारणबारे स्पष्ट खुलाइएको छैन।
पुटिनले स्टारोइटलाई बर्खास्त गरेको केही घण्टामै उनका सहमन्त्री एन्ड्रे निकितिनलाई कार्यवाहक मन्त्रीको जिम्मेवारी दिएका थिए।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया