एजेन्सी
इन्डोनेसियाको पर्यटकीय टापु बाली नजिकै डुङ्गा डुब्दा हराइरहेकाहरूको खोजीकार्य जारी छ। दुर्घटनामा परेको डुङ्गामा ५३ यात्रु र चालक दलका १२ जना सदस्य थिए।
बुधबार स्थानीय समय अनुसार राति ११ः२० बजे जाभा टापुको पूर्वी तटमा रहेको बान्युवाङ्गीबाट बाली जाँदै गर्दा डुङ्गा डुबेको बताइएको छ।
इन्डोनेसियाली खोज तथा उद्धार टोलीहरूले जीवित व्यक्तिहरूको खोजी कार्यलाई निरन्तरता दिइरहेका छन्। खोज तथा उद्धार कार्यालयका प्रवक्ता गुस्ती आयु केतुत विजयन्तीले बिहीबार साँझ रात परेका कारण खोज तथा उद्धार कार्य स्थगित गरिएको र शुक्रबारबाट पुनः सुरु गरिएको बताए।
जसमध्ये छ जनाको मृत्यु भएको पुष्टि भएको छ, २४ जना अझै बेपत्ता छन् र ३५ जना बाँचेका छन्। आपत्कालीन अवस्थाका लागि धेरै एम्बुलेन्सहरू तयारी अवस्थामा राखिएको छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया