बिएल संवाददाता
आईसीसी यू-१९ महिला विश्वकप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको छ।
मलेसियाको बांगीमा भएको खेलमा नेपालले निराशाजनक प्रदर्शन गर्दै बंगलादेशलाई ५३ रनको लक्ष्य दिएको थियो। सामान्य लक्ष्य पछ्याएको बंगलादेशले १३ ओभर २ बलमा ५ विकेट गुमाएर पूरा गर्यो।
बंगलादेशकी सादिया इस्लामले सर्वाधिक १६ रन बनाइन्। बलिङमा नेपालकी कप्तान पूजा महतो, सिमाना केसी, रिया शर्मा र रचना चौधरीले एकएक विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले १८ ओभर २ बलमा ५२ रन मात्र बनाउन सकेको थियो। नेपालका लागि ओपनर सना प्रवीणले सर्वाधिक १९ रन बनाइन्। त्यस्तै, सिमाना केसी १०, रिया शर्मा ५, अलिशा यादव ४, तिर्सना विक र रचना चौधरी समान ३/३, कप्तान पूजा महतो २, सावित्री धामी र किरण कुँवरले समान १/१ रन बनाए। सोनी पाख्रिन र अनु कडायतले खाता नै खोल्न सकेनन्।
बलिङमा बंगलादेशकी जन्नतुल माउवाले सर्वाधिक दुई विकेट लिइन्।
नेपाल आईसीसी यू-१९ महिला विश्वकपमा पहिलोपटक सहभागी भएको हो। अब दोस्रो खेल नेपालले सोमबार स्कटल्यान्डसँग खेल्नेछ।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया