बिएल संवाददाता
आईसीसी यू-१९ महिला विश्वकप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको छ।
मलेसियाको बांगीमा भएको खेलमा नेपालले निराशाजनक प्रदर्शन गर्दै बंगलादेशलाई ५३ रनको लक्ष्य दिएको थियो। सामान्य लक्ष्य पछ्याएको बंगलादेशले १३ ओभर २ बलमा ५ विकेट गुमाएर पूरा गर्यो।
बंगलादेशकी सादिया इस्लामले सर्वाधिक १६ रन बनाइन्। बलिङमा नेपालकी कप्तान पूजा महतो, सिमाना केसी, रिया शर्मा र रचना चौधरीले एकएक विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले १८ ओभर २ बलमा ५२ रन मात्र बनाउन सकेको थियो। नेपालका लागि ओपनर सना प्रवीणले सर्वाधिक १९ रन बनाइन्। त्यस्तै, सिमाना केसी १०, रिया शर्मा ५, अलिशा यादव ४, तिर्सना विक र रचना चौधरी समान ३/३, कप्तान पूजा महतो २, सावित्री धामी र किरण कुँवरले समान १/१ रन बनाए। सोनी पाख्रिन र अनु कडायतले खाता नै खोल्न सकेनन्।
बलिङमा बंगलादेशकी जन्नतुल माउवाले सर्वाधिक दुई विकेट लिइन्।
नेपाल आईसीसी यू-१९ महिला विश्वकपमा पहिलोपटक सहभागी भएको हो। अब दोस्रो खेल नेपालले सोमबार स्कटल्यान्डसँग खेल्नेछ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया