शुक्रबार, २२ अगस्ट २०२५

बुधबार एकैदिन चारवटा संसदीय समितिको बैठक बस्दै

बैठकमा नेपालमा हिउँदको समयमा हुने डढेलो प्रकोपको क्षति न्यूनीकरण पूर्वतयारीका सम्बन्धमा सरोकारवाला निकायहरूसँग छलफल गरिदै छ। यसैगरी, प्रतिनिधि सभाअन्तर्गत गठित पूर्वाधार विकास समितिको बैठक पनि आज बस्दैछ। बिहान ११ बजे बस्ने बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफाबार छलफल हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सन्दीपमाथि एक साताअघि नै कारबाही भएको खुलासा

नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई आचारसंहिता विपरित हर्कत गरेको भन्दै कारबाही गरेको थियो। क्यानले उनलाई एक घरेलु खेलमा प्रतिबन्ध लगाएको छ। त्यस्तै उनलाई तीन ‘डिमेरिट प्वाइन्ट’ दिइएको छ। जय ट्रफी प्रतियोगिताका क्रममा सामाजिक सञ्जालबाट अम्पाएको निर्णयमाथि प्रश्न उठाएपछि क्यानले उनीमाथि कारबाही गरेको हो। जय ट्रफी लगत्तै सन्दीपमाथि क्यानले स्पष्टिकरण सोध्दै कारबाही गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

३ दिन सहिद दिवस मनाउने बागमती सरकारको निर्णय

सहिद दिवसको अवसरमा माघ १४ गते स्वास्थ्य मन्त्रालयले प्रदेशको १३ वटै जिल्लामा स्वास्थ्यसम्बन्धी शिविर सञ्चालन गर्ने निर्णय गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पूर्णबहादुर दर्जीले जानकारी दिए। सहिद दिवस मनाउन प्रदेश सरकारमा प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - हेटौंडा

पशुपति धर्मशालामा मारवाडीको व्यापार हो की सेवा?

उनले भने, ‘पशुपतिको धर्मशालासम्बन्धि विषयमा पनि एकातिर अध्ययन समिति बनाएका छौँ, अर्कोतिर यो विषय अदालतमा पनि मुद्दाको रुपमा छ। अदालतको मुद्दालाई कुनै असर नहुने गरी हामीले खाली विवरणातमक कुरा लिएर आउनुस्, यो व्यापार हो की मारवाडी सेवा समितिले गरिरहेको? यो  सेवा हो की? व्यापार भए कति नाफा गर्नु हुन्छ र कति कोषलाई दिनु हुन्छ, सेवा हो भने कति सेवा गर्नु हुन्छ कहाँ कहाँ गर्नुहुन्छ यो  विवरणात्मक रिर्पोट ल्याउनका लागि अदालतमा भएको मुद्दालाई कुनै  असर हुन सक्दैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

केपी ओली नाफाखोर र विचौलियाको इसारामा चल्छन्– भीम रावल

‘मातृभूमि जागरण अभियान’का प्रस्तावक, पूर्वउपप्रधानमन्त्री तथा गृह–रक्षामन्त्री डा. भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको ‘कांग्रेस–एमाले’ सरकार जनताको हितमा नभई नाफाखोर र विचौलियाहरूको इसारामा चलिरहेको आरोप लगाएका छन्। सरकारले केही दिनअघि अध्यादेशमार्फत् व्यावसायिक वातावरण सुधार गर्न भन्दै ‘कालोबजारी ऐन–२०३२’ मा राखिएको मुनाफा र कारबाहीको व्यवस्था हटाएपछि नेता रावलले बुधबार एकाबिहानै सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्री ओलीविरूद्ध ‘फायर’ खोलेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रुपन्देही अदालतमा उपस्थित हुँदै रवि लामिछाने

सुप्रिम सहकारीको १४ करोड बचत रकम गैरकानुनी रुपमा गोर्खा मिडिया नेटवर्कमा लगिएको भन्दै लामिछानेसहित २२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा आइतबार पुरक मुद्दा दर्ता भएको थियो। लामिछाने तत्कालिन समयमा गोर्खा मिडियाका प्रबन्ध निर्देशक थिए।

बिएल संवाददाता

बिएल संवाददाता - बुटवल

ताराखोलाका घरहरूमा दिनदहाडै चोरी- प्रहरीको यस्तो अनुरोध

घरबाट दिउसै चोरी गरेर भागेका बागलुङ ताराखोला गाउँपालिका-३ घर भई हाल गल्कोट नगरपालिका-६ बस्ने बर्ष २६ को रमेश भन्ने यमबहादुर बस्नेतलाई उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी डिएसपी बिजय यादबले जानकारी दिए। अभियुक्त बस्नेतले ताराखोलाका ती घरबाट दिउँसै ७८ हजार रुपियाँ र दुई थान मोबाइल चोरी गरेर भागेको प्रहरीले बताएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - बागलुङ

ज्ञानेन्द्र र साेविताबीच के भयाे कुराकानी?

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाही र राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमबीच भेटवार्ता भएको छ। मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को हिउँदे अधिवेशन बोलाएलगतै उनीहरूबीच कुराकानी भएको हो। स्रोतकाअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध राप्रपा र रास्वपा एकैलयमा उभिने प्रयासमा छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यु–१९ महिला टी–२० विश्वकपः अस्ट्रेलियासँग भिड्दै नेपाल

आईसीसी यु–१९ महिला टी–२० विश्वकपमा आज नेपालले अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ।  माघ ५ र ७ गते दुई खेल खेलेको नेपालले बुधबार समूह चरणको अन्तिम खेल अस्ट्रेलियासँग खेल्न लागेको हो। पहिलो खेलमा पाँच विकेटले बंगलादेशसँग पराजित भएको नेपाल दोस्रो खेलमा स्कटल्याण्डसँग एक विकेटले पराजित भएको थियो। समूह चरणको अन्तिम खेलमा जित निकाल्ने लक्ष्यमा नेपाल रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘विदेश जानुअघि खुशियाली साट्न’ हिँडेका आमाछोरा बाटाेमै अस्ताए

तनहुँको ऋषिङ गाउपालिका–६ चालिसे स्थायी घर भएका १९ वर्षीय सन्दिप आलेले तनहुँ सदरमुकाम दमौलीस्थति बाराही कलेजबाट १२ कक्षा पास गरेर विदेश जाने तयारी गरिरहेका थिए।    सोही क्रममा उनले ४० वर्षीय आमा मधुमाया आलेसँग मिलेर व्यास नगरपालिका–५ पाटनस्थित सेती हाइड्रो जाने पुल नजिकै बाटो माथि सेतीमादी रिभर कटेज चलाउँदै आएका थिए। उनलाई विदेश जान अफर लेटर पनि आयो।

बिएल संवाददाता

बिएल संवाददाता - पोखरा

आगामी चुनाव देउवाले गराउँछन् : उपप्रधानमन्त्री सिंह

अहिले कांग्रेस र एमालेबीचको सहकार्य स्थिर सरकार होस् भन्ने नागरिकको चाहना र समयको मागअनुसार नै भएको पनि प्रष्ट पारे। सरकार ७ बुँदे सहमतिकै भावनाअनुसार अघि बढिरहेको भन्दै उनले सहमति अनुसार नै कांग्रेस- एमालेबिच सत्ता सहयात्रा अघि बढ्ने दाबी गरे। कांग्रेसको स्वभाव सबैलाई मिलाएर अघि बढ्ने रहेको भन्दै पार्टीभित्र पनि सबै पक्षलाई नेतृत्वमा रहने गरि मिलाएर अघि बढ्नुपर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - बागलुङ

हर्क साम्पाङ भन्छन्- ‘मलाई केपी ओलीले फेस गर्न सकेनन्’

प्रधानमन्त्री ओलीले मेयर सम्पाङलाई भेट्न अस्वीकार गरेका थिए। धरानको खानेपानी समस्यालाई लिएर मंगलबार प्रधानमन्त्री भेट्न सिंहदरबार पुगेका साम्पाङलाई प्रधानमन्त्रीले भेट्न समय नदिएका हुन्। खानेपानीमन्त्री प्रदीप यादवसँग भेटवार्ता गरेर प्रधानमन्त्री ओलीलाई भेट्न पुगेका साम्पाङलाई प्रधानमन्त्रीको कार्यालयले एक घण्टा कुराएर फर्काइदिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपालको भन्दा भारतको कानून कडा छ : कानूनमन्त्री चौरसिया

‘कानूनले  के भन्छ भने सयवटा दोषी छुटे पनि एउटा निर्दोष पर्नु हुँदैन। म भारतको बोर्डर नजिकैको मान्छे हुँ। भारतीय सीमानामै मेरो घर पर्छ। भारतमा फरार अभियुक्तलाई, धरौटी बुझाउन नसकेको अभियुक्तलाई सरकारले, प्रहरीले, घरमा जति सामान छ त्यो सबै उठाएर लैजान्छ। झ्यालढोका केही छाड्दैन्,’ उनले भने, ‘घरबाट निकाल्ने सक्ने जे जे समान छ सबै उठाएर लैजान्छ। नेपालको कानूनमा यो छैन। त्यसैले मुद्दा फैसला गर्न नै समस्या छ। भारतको कानून अपराधिक मामिलामा धेरै नै कडा छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रतिफल दिने ठाउँमा लगानी गर्न अर्थमन्त्रीको निर्देशन

अर्थ मन्त्रालयमा आयोजित बैठकमा अर्थमन्त्री पौडेलले सरकारी बैंक तथा वित्तीय र गैर वित्तीय संस्थाहरूलाई आवश्यक पर्ने नीति तथा कानून बनाउन मन्त्रालयले आवश्यक सहजीकरण गर्ने भन्दै त्यसका लागि अग्रसरता लिन निर्देशन दिएका हुन्। उनले सामान्य अवस्थाको प्रगतिले नपुग्ने भन्दै अहिले देखा परेका समस्याहरूलाई समाधान गर्न सार्थक पहल लिनुपर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री र बेलायती राजदूतबीच सिंहदरबारमा भेटवा

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा दुई पक्षीय सम्बन्ध र हितका विविध विषयमा छलफल भएको थियो। सो अवसरमा बेलायती राजपरिवारका सदस्य डुुक अफ इडिनबर्गको आशन्न नेपाल भ्रमणका विषयमा पनि छलफल भएको थियो। भेटका अवसरमा परराष्ट्र मन्त्रालयका उच्चाधिरीको सहभागिता थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुप्रिम सहकारी प्रकरण- अदालतमा हाजिर हुन रुपन्देही पुगे रवि

मंगलबार हवाईमार्गबाट भैरहवा आएका हुन्। उनी भैरहवाको देवकोटा चोकमा बसेका छन्। उनी बुधबार रुपन्देही जिल्ला अदालतमा उपस्थित हुनेछन्। रविसँगै श्रीमती निकिता र रास्वपाका केन्द्रीय नेताहरू पनि भैरहवा पुगेका छन्। रविसहित २२ जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले पुरक अभियोजन दर्ता गराएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - रुपन्देही

एनआरएन नागरिकता कार्यान्वयन गर्न देउवाले पहल गर्ने

संविधानले नै निर्दिष्ट गरेको अधिकार प्राप्तिका लागि पटक-पटक सरकारको ध्यानाकर्षण गराउँदा पनि पछिल्लो पटक गैरआवासीय नेपालीलाई १० वर्ष भिसा शुल्क नलाग्ने भनेर अध्यादेश आउँदा विदेशमा रहेका नेपालीहरू थप निराश भएको अध्यक्ष डा केसीले बताए। उक्त अवसरमा संघकी महिला उपाध्यक्ष रोजिना प्रधान राईसमेत उपस्थित थिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘रेमिट्यान्स राज्यको आम्दानी हो’ भन्ने भ्रमबाट मुक्त हुनुपर्छ- मन्त्री भण्डारी

उनले भने, ‘एउटा सत्य कुरा के हो भने करिव करिव मुलुकको ७५ देखि ८० प्रतिशत हाउस वा होममा रेमिट्यान्सको रकम जान्छ। रेमिट्यान्सको रकम राज्यको होइन व्यक्तिको हो। जुन वैदेशिक रोजगारीको  सञ्चिती भएकाले अन्तर्राष्ट्रिय जगतमा के बुझ्नुपर्छ भने हामी टिक्नुपर्छ। भ्रमबाट मुक्त हुनुपर्छ। रेमिट्यान्स राज्यको आम्दानी होइन यो व्यक्तिको आम्दानी हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ट्रम्प प्रशासनले चिनियाँ लगानीलाई अझ खुला गर्ने सम्भावना

‘मैले बुझेको छु कि राष्ट्रपति ट्रम्पले अघिल्लो प्रशासनको तुलनामा अमेरिकामा चिनियाँ लगानीलाई धेरै स्वागत गर्नेछन्। चिनियाँ उद्यमहरूले संयुक्त राज्य अमेरिकामा रोजगारी सिर्जना गर्न उत्साहित हुनेछन्,’ अमेरिका-चीन सम्बन्धको राष्ट्रिय समितिका अध्यक्ष स्टीफन ओर्लिन्सले भने, ‘हाल एक अर्ब डलरभन्दा बढीको लगानी छ। उहाँले अनुमतिहरू जारी गर्न अझ सजिलो बनाउने बताउनु भएको छ। त्यसैले यो क्षेत्र सुधार गर्न सकिन्छ भन्ने भावना छ।’

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

‘पूर्णबहादुरको सारंगी’का निर्देशक ‘कोशेढुंगा’को तयारीमा

थिम पोस्टरले पनि ‘कोशेढुंगा’मा महिला चरित्रले सिनेमा लिड गर्ने प्रष्ट संकेत गरिसकेको थियो। तर, को हो त्यो भने निर्देशक पौडेल खुलाएका छैनन्। पौडेलले निर्देशन गरेको ‘पूर्ण बहादुरको सारङ्गी’ले नेपालमा मात्रै करिब ५० करोड ग्रसकलेक्सन गरिसकेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं