बिएल संवाददाता
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीबाट प्राप्त हुने ‘रेमिट्यान्स राज्यको आम्दानी हो’ भन्ने भ्रमबाट मुक्त हुनु पर्ने बताएका छन्।
कानुनी/इथिकल रिक्रयूटमेन्ट विषयमा भएको कार्यशाला गोष्ठी तथा अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले रेमिट्यान्स व्यक्तिको आम्दानी भएको र राज्यले यसलाई चलाउने मात्र बुझ्नुपर्ने बताएका हुन्।
उनले भने, ‘पेशा व्यवसायको मर्यादा सम्मान हुन सकेन भने कसैको सम्मान हुन सक्दैन्। आफू सम्मानित हुने कुरा आफ्नै हातमा हुन्छ। र अपमानित हुने कुरा पनि आफ्नै हातमा हुन्छ । नेपालको अर्थतन्त्र र रेमिट्यान्सबाटै नै चलेको छ। राज्यले आर्जन गरेको रेमिट्यान्सको पैसा राज्यको खाताका गइरहेको छ की व्यक्तिको खातामा गइरहेको छ यो बुझ्नुपर्छ।’
रेमिट्यान्स आउने मुद्रा राज्यको खातामा रहने भए पनि व्यक्तिकै काममा जाने उनले बताए।
उनले भने, ‘एउटा सत्य कुरा के हो भने करिव करिव मुलुकको ७५ देखि ८० प्रतिशत हाउस वा होममा रेमिट्यान्सको रकम जान्छ। रेमिट्यान्सको रकम राज्यको होइन व्यक्तिको हो। जुन वैदेशिक रोजगारीको सञ्चिती भएकाले अन्तर्राष्ट्रिय जगतमा के बुझ्नुपर्छ भने हामी टिक्नुपर्छ। भ्रमबाट मुक्त हुनुपर्छ। रेमिट्यान्स राज्यको आम्दानी होइन यो व्यक्तिको आम्दानी हो।’
साथै उनले वैदेशिक रोजगार बाध्यता हो या अवसर भन्ने बुझ्न जरुरी रहेको बताए। उनले नेपालबाट बैदेशिक रोजगारीमा अधिकांश ९५ प्रतिशत मानिसहरु सबैभन्दा बढी मलेसिया, जापान र कोरिया गएको तथ्यांकले देखाएको बताए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया