बिएल संवाददाता
आईसीसी यु–१९ महिला टी–२० विश्वकपमा आज नेपालले अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ।
माघ ५ र ७ गते दुई खेल खेलेको नेपालले बुधबार समूह चरणको अन्तिम खेल अस्ट्रेलियासँग खेल्न लागेको हो।
पहिलो खेलमा पाँच विकेटले बंगलादेशसँग पराजित भएको नेपाल दोस्रो खेलमा स्कटल्याण्डसँग एक विकेटले पराजित भएको थियो। समूह चरणको अन्तिम खेलमा जित निकाल्ने लक्ष्यमा नेपाल रहेको छ।
मलेसियामा जारी प्रतियोगिताको यो खेल दिउँसो १२ः१५ बजे सुरु हुन्छ। विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ। यस समूहमा बंगलादेशसँगै अस्ट्रेलिया र स्कटल्याण्ड छन्।
अस्ट्रेलिया दुई जितसहित चार अंकका साथ समूहको शीर्ष स्थानमा छ। बंगलादेश र स्कटल्याण्ड समान दुई अंकसहित दोस्रो र तेस्रो स्थानमा छन् भने अंकबिहीन नेपाल अन्तिममा छ।
विश्वकपको समूह ‘ए’ मा आयोजक मलेसियासहित भारत, श्रीलङ्का र वेस्ट इण्डिज छन् भने समूह ‘बी’ मा इङ्ग्ल्याण्ड, आयरल्याण्ड, पाकिस्तान र अमेरिका छन्। समूह ‘सी’ मा न्यूजील्याण्ड, समोआ, दक्षिण अफ्रिका र नाजेरिया छन्।
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया