बिएल संवाददाता
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान तथा टोलीका भरपर्दा लेगस्पिनर सन्दीप लामिछानेलाई क्यानले एक साताअघि नै कारबाही गरेको खुलेको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई आचारसंहिता विपरित हर्कत गरेको भन्दै कारबाही गरेको थियो। क्यानले उनलाई एक घरेलु खेलमा प्रतिबन्ध लगाएको छ। त्यस्तै उनलाई तीन ‘डिमेरिट प्वाइन्ट’ दिइएको छ।
जय ट्रफी प्रतियोगिताका क्रममा सामाजिक सञ्जालबाट अम्पाएको निर्णयमाथि प्रश्न उठाएपछि क्यानले उनीमाथि कारबाही गरेको हो। जय ट्रफी लगत्तै सन्दीपमाथि क्यानले स्पष्टिकरण सोध्दै कारबाही गरेको थियो।
क्यान स्रोतका अनुसार क्यान सचिव पारस खड्काले उनलाई इमेलमार्फत कारबाहीको पत्र पठाएको खुलेको छ। कारबाहीको पत्रपछि सन्दीपले पारसलाई फोन गरेका थिए। तर, पारसले फोन नउठाएको स्रोतले बतायो।
पारसले फोन नउठाएपछि निराश भएका सन्दीपले सन्न्यासको संकेतसहितको स्टाटस राखेको खुलेको छ।
सन्दीपले लेखेका थिए, ‘सबै कुराको लागि सबैजनालाई धन्यवाद। यो देश र यहाँका क्रिकेट समर्थकहरूले सधैं मेरो समर्थन गर्दै मेरो यात्रामा निरन्तर साथ दिनुभएको छ। तपाईँहरूको यो माया र हौसला मेरा लागि सबथोक हो। जसले सधैँभरि मेरो हृदयमा विशेष स्थान बनाइरहनेछ।’
जय ट्रफी खेलका क्रममा अफिसियलले सन्दीपलाई अनुशासन उल्लंघन गरेको भन्दै ३ ‘डिमेरिट प्वाइन्ट’ दिएका थिए। सन्दीपले रेफ्रीको निर्णयविरुद्ध फिल्डमै प्रोटेस्ट गरेका थिए। तर, रेफ्रीले निर्णय नसच्याएपछि उनले सामाजिक सञ्जालमार्फत असन्तुष्टि पोखेका थिए।
क्यान स्रोत भन्छ, ‘अम्पायरको निर्णय चित्त नबुझेमा गुनासो गर्ने निकाय हुँदाहुँदै सार्वजनिक टिप्पणी गर्नु खेलाडीको आचारसंहिता होइन। उहाँ जत्तिको खेलाडीले नै नियम पालना नगर्ने हो भने अराजकता बढ्छ।’
क्रिकेट खेलाडी आचारसंहिताको आर्टिकल २.७ मा अम्पायरको निर्णयविरुद्ध सार्वजनिक अभिव्यक्ति दिएमा एक म्याचको प्रतिबन्ध लाग्ने व्यवस्था छ। उनले घरेलु खेलमा आचारसंहिता उल्लंघन गरेकोले उनीमाथि घरेलु खेलमै प्रतिबन्ध लाग्ने स्रोतले बतायो।
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया