बिएल संवाददाता
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान तथा टोलीका भरपर्दा लेगस्पिनर सन्दीप लामिछानेलाई क्यानले एक साताअघि नै कारबाही गरेको खुलेको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई आचारसंहिता विपरित हर्कत गरेको भन्दै कारबाही गरेको थियो। क्यानले उनलाई एक घरेलु खेलमा प्रतिबन्ध लगाएको छ। त्यस्तै उनलाई तीन ‘डिमेरिट प्वाइन्ट’ दिइएको छ।
जय ट्रफी प्रतियोगिताका क्रममा सामाजिक सञ्जालबाट अम्पाएको निर्णयमाथि प्रश्न उठाएपछि क्यानले उनीमाथि कारबाही गरेको हो। जय ट्रफी लगत्तै सन्दीपमाथि क्यानले स्पष्टिकरण सोध्दै कारबाही गरेको थियो।
क्यान स्रोतका अनुसार क्यान सचिव पारस खड्काले उनलाई इमेलमार्फत कारबाहीको पत्र पठाएको खुलेको छ। कारबाहीको पत्रपछि सन्दीपले पारसलाई फोन गरेका थिए। तर, पारसले फोन नउठाएको स्रोतले बतायो।
पारसले फोन नउठाएपछि निराश भएका सन्दीपले सन्न्यासको संकेतसहितको स्टाटस राखेको खुलेको छ।
सन्दीपले लेखेका थिए, ‘सबै कुराको लागि सबैजनालाई धन्यवाद। यो देश र यहाँका क्रिकेट समर्थकहरूले सधैं मेरो समर्थन गर्दै मेरो यात्रामा निरन्तर साथ दिनुभएको छ। तपाईँहरूको यो माया र हौसला मेरा लागि सबथोक हो। जसले सधैँभरि मेरो हृदयमा विशेष स्थान बनाइरहनेछ।’
जय ट्रफी खेलका क्रममा अफिसियलले सन्दीपलाई अनुशासन उल्लंघन गरेको भन्दै ३ ‘डिमेरिट प्वाइन्ट’ दिएका थिए। सन्दीपले रेफ्रीको निर्णयविरुद्ध फिल्डमै प्रोटेस्ट गरेका थिए। तर, रेफ्रीले निर्णय नसच्याएपछि उनले सामाजिक सञ्जालमार्फत असन्तुष्टि पोखेका थिए।
क्यान स्रोत भन्छ, ‘अम्पायरको निर्णय चित्त नबुझेमा गुनासो गर्ने निकाय हुँदाहुँदै सार्वजनिक टिप्पणी गर्नु खेलाडीको आचारसंहिता होइन। उहाँ जत्तिको खेलाडीले नै नियम पालना नगर्ने हो भने अराजकता बढ्छ।’
क्रिकेट खेलाडी आचारसंहिताको आर्टिकल २.७ मा अम्पायरको निर्णयविरुद्ध सार्वजनिक अभिव्यक्ति दिएमा एक म्याचको प्रतिबन्ध लाग्ने व्यवस्था छ। उनले घरेलु खेलमा आचारसंहिता उल्लंघन गरेकोले उनीमाथि घरेलु खेलमै प्रतिबन्ध लाग्ने स्रोतले बतायो।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया