बिएल संवाददाता
कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपालको भन्दा भारतको कानून कडा भएको बताएका छन्।
मंगलबार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले अपराधिक विषयमा भारतको कानून कडा भएको बताएका हुन्।
‘कानूनले के भन्छ भने सयवटा दोषी छुटे पनि एउटा निर्दोष पर्नु हुँदैन। म भारतको बोर्डर नजिकैको मान्छे हुँ। भारतीय सीमानामै मेरो घर पर्छ। भारतमा फरार अभियुक्तलाई, धरौटी बुझाउन नसकेको अभियुक्तलाई सरकारले, प्रहरीले, घरमा जति सामान छ त्यो सबै उठाएर लैजान्छ। झ्यालढोका केही छाड्दैन्,’ उनले भने, ‘घरबाट निकाल्ने सक्ने जे जे समान छ सबै उठाएर लैजान्छ। नेपालको कानूनमा यो छैन। त्यसैले मुद्दा फैसला गर्न नै समस्या छ। भारतको कानून अपराधिक मामिलामा धेरै नै कडा छ।’
उनले अभियोजन लाग्ने बित्तिकै सबै मान्छे दोषी र सबै निर्दोष हुन्छन् भन्ने नहुने बताए। उनले नेपालको न्याय दिने अदालतलाई सबैले उच्च मूल्यांकन गर्नुपर्ने बताए।
यसैगरी रास्वपाकी सांसद सोविता गौतमले हिरासतमा बसेका कैदी बन्दीहरूलाई श्रमसँग जोड्न आग्रह गरेकी छन्। उनले सरकारले छिटो भन्दा छिटो कैदी बन्दीहरूलाई श्रमसँग जोड्ने कार्यक्रम ल्याउन आग्रह गरिन्।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया