बिएल संवाददाता
‘मातृभूमि जागरण अभियान’का प्रस्तावक, पूर्वउपप्रधानमन्त्री तथा गृह–रक्षामन्त्री डा. भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको ‘कांग्रेस–एमाले’ सरकार जनताको हितमा नभई नाफाखोर र विचौलियाहरूको इसारामा चलिरहेको आरोप लगाएका छन्।
सरकारले केही दिनअघि अध्यादेशमार्फत् व्यावसायिक वातावरण सुधार गर्न भन्दै ‘कालोबजारी ऐन–२०३२’ मा राखिएको मुनाफा र कारबाहीको व्यवस्था हटाएपछि नेता रावलले बुधबार एकाबिहानै सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्री ओलीविरूद्ध ‘फायर’ खोलेका हुन्।
विचौलियालाई फाइदा हुने गरी ओली नेतृत्वको सरकारले २० प्रतिशतभन्दा बढी नाफा लिन नपाइने कानूनी व्यवस्था अध्यादेशमार्फत् खारेज गर्दै सिमेन्टको मूल्य दोब्बर बनाएपछि उनले जनआक्रोश पोखे।
‘केपी नेतृत्वको सरकार जनताको पक्षमा नभई नाफाखोर र विचौलियाको इसारामा चल्छ भन्ने तथ्य वस्तुमा २० प्रतशत बढी नाफा लिन नपाइने कानून अध्यादेशद्वारा हटाएर सिमेण्टको मूल्य दोब्बर बढाइएबाट फेरी पुष्टि भएको छ,’ उनले सञ्जालमा लेखेका छन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया