बिएल संवाददाता
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपाली कांग्रेसलाई बलियो बनाउन भारतमा रहेका प्रवासी नेपालीको ठूलो भूमिका रहेको बताएका छन्।
नेपाली जनसम्पर्क समिति भारतले भारतको राजधानी नयाँ दिल्लीमा आइतबार आयोजना गरेको वार्षिक भेला, नेपाल भारत सम्बन्ध, बीपी विचार र प्रवासी समस्या विषयक अन्तर्क्रिया, प्रशिक्षण एवम् सांस्कृतिक कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै प्रवक्ता महतले यस्तो बताएका हुन्।
उनले भने, ‘भारतमा रहेका प्रवासी नेपालीहरूले कांग्रेसलाई बलियो बनाउन खेल्नुभएको भूमिका महत्वपूर्ण छ, कांग्रेसलाई अझै बलियो बनाउन उहाँहरूले आगामी दिन खेल्ने भूमिका प्रशंसनीय हुने विश्वास लिएको छु।’
सो अवसरमा डा. महतले कुनै पनि संगठनलाई बलियो बनाउन नेता कार्यकर्ता सबैले व्यक्तिवादी मानसिकता त्याग्नु पर्नेमा जोड दिए।
उनले पार्टीमा व्यक्तिवादी सोच र आफू केन्द्रित प्रवृत्ति हावी हुन खोजेको भन्दै यस्ता किसिमका प्रवृत्तिलाई निस्तेज पार्न कांग्रेसका नेता कार्यकर्ता सबै लाग्नुपर्ने जिकिर गरे।
प्रवक्ता डा. महतले नेपाल भारत सम्बन्धको चर्चा गर्दै भने, ‘भारत नेपालको सबैभन्दा नजिकको छिमेकी भएकाले कहिलेकाहीँ दुई देशका विचमा समस्याहरू आउनु स्वभाविक हो, ती समस्याहरूको समाधान कुटनीतिक रुपमा वार्ताको टेबुलमा बसेर हल गर्नुपर्छ।’
माओवादीको ‘तप्कनी’बाट उम्रिएका अमर
देउवाजी बसिगया अब नैनसिंहजीको पालो...
चुनावले संसद त दिने भो, तर त्यो संसदले सरकारचाँहि दिन्छ कसरी ?
राजनीतिको राजमार्गमा झुल्किन खोजेका ‘किरण’
यस्तो छ चुनावी इपिसेन्टर झापा-५ र सर्लाही-४ को पछिल्लो स्थिति
के भैरहेछ अमेरिकाको नेपाली डायस्पोरामा ?
इश्तियाकका चुनावी ‘इश्क’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया