
बिएल संवाददाता
पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस-एमाले गठबन्धन सरकारको आयु लामो नभएको दाबी गरेका छन्।
मंगलबार चितवनमा पुगेका प्रचण्डले कांग्रेसका नेताहरू पूर्वमहामन्त्री डा.शशांक कोइराला र सांसद डा. चन्द्र भण्डारीलाई दायाँबायाँ राखेर केपी ओली सरकारको आयु लामो नभएको दाबी गरेक हुन्।
उनले भने, ‘यो सरकार धेरै जान्छ भन्ने हामीलाई लाग्दैन। मैले प्रस्ट भन्ने गरेको छु। यो प्राकृतिक छैन। स्वाभाविक छैन। पारदर्शी छैन। गरेका कामहरू पनि उल्टापाल्टा हुँदै गएका छन्। अध्यादेशसम्म आउँदा लाजमर्दो भएको छ।’
उनले यति भनिरहँदा कांग्रेस नेता भण्डारी मुसुमुसु हाँसिरहेका थिए। यस्तै नेता कोइरालाले पनि सरकार ढल्न सक्ने सङ्केत गरे । राजनीतिमा सरकार तलमाथि हुनुलाई स्वाभाविक हुने उनको तर्क थियो ।
‘दुई ठुलो दल मिलेर स्टेबल सरकार बनाउँदा तलमाथि हुने सम्भावना कम छ। तर नहुने होइन, राजनीति हो जे पनि हुन सक्छ’, उनले भने।
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया