बिएल संवाददाता
पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस-एमाले गठबन्धन सरकारको आयु लामो नभएको दाबी गरेका छन्।
मंगलबार चितवनमा पुगेका प्रचण्डले कांग्रेसका नेताहरू पूर्वमहामन्त्री डा.शशांक कोइराला र सांसद डा. चन्द्र भण्डारीलाई दायाँबायाँ राखेर केपी ओली सरकारको आयु लामो नभएको दाबी गरेक हुन्।
उनले भने, ‘यो सरकार धेरै जान्छ भन्ने हामीलाई लाग्दैन। मैले प्रस्ट भन्ने गरेको छु। यो प्राकृतिक छैन। स्वाभाविक छैन। पारदर्शी छैन। गरेका कामहरू पनि उल्टापाल्टा हुँदै गएका छन्। अध्यादेशसम्म आउँदा लाजमर्दो भएको छ।’
उनले यति भनिरहँदा कांग्रेस नेता भण्डारी मुसुमुसु हाँसिरहेका थिए। यस्तै नेता कोइरालाले पनि सरकार ढल्न सक्ने सङ्केत गरे । राजनीतिमा सरकार तलमाथि हुनुलाई स्वाभाविक हुने उनको तर्क थियो ।
‘दुई ठुलो दल मिलेर स्टेबल सरकार बनाउँदा तलमाथि हुने सम्भावना कम छ। तर नहुने होइन, राजनीति हो जे पनि हुन सक्छ’, उनले भने।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया