बिएल संवाददाता
तनहुँमा सोमबार एकाबिहानै मोटरसाइकल दुर्घटना हुँदा आमा-छोराको मृत्यु भएको छ।
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ बेलभन्ज्याङमा गण्डकी प्रदेश ०३-००१प ०३१० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा आमा-छोराको मृत्यु भएको हो।
दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको उक्त मोटरसाइकल आज बिहान अनियन्त्रित भई सडकबाट खसेर दुर्घटनाग्रस्त भएको प्रहरीले जानकारी दिएको छ।
उक्त दुर्घटनामा परेर तनहुँको ऋषिङ गाउँपालिका-६ चालिसे घर भई हाल व्यास नगरपालिका-५ पाटन बस्ने १९ वर्षीय सन्दिप आले र ४० वर्षीया मधुमाया आलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए।
अत्यधिक बाक्लो हुस्सु लागेको र सोही कारण बाटो नदेख्दा मोटरसाइकल दुर्घटनामा परेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया