बिएल संवाददाता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटक प्रतिबन्ध लगाउने अदालतको आदेक रोक्न आदेश जारी गरेका छन्।
राष्ट्रपतिमा सपथ लिए लगत्तै उनले टिकटकको प्रतिबन्ध रोक्न आदेश जारी गरेका हुन्। अमेरिकी सर्वोच्च अदालतको आदेशसँगै जनवरी १९ देखि अमेरिकामा चिनियाँ शर्ट भिडियो शेयरिङ एप ‘टिकटक’ बन्द भएको थियो। तर, केही घण्टामै प्रतिबन्ध हटाइएको थियो।
भोलिपल्ट ट्रम्पको सपथ ग्रहण कार्यक्रम रहेको र सपथ लगत्तै टिकटकमाथिको प्रतिबन्ध हटाउने आदेश जारी गर्नसक्ने सम्भावना हुँदा टिकटक केही घण्टामै खुलेको थियो।
अमेरिकाका १७ करोड टिकटक प्रयोगकर्ता छन्। साना तथा मझौला व्यवसायीका लागि टिकटक मार्केटिकङको प्रमुख स्रोत बनेको छ। टिकटक बन्द भए साना व्यवसायी मारमा पर्ने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।
बाइडेनले गत वर्ष टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्सलाई जनवरी १९ सम्ममा टिकटकको स्वामित्व अमेरिकी कम्पनीलाई बेच्नु पर्ने अन्यथा प्रतिबन्ध भोग्नुपर्ने कानुनमा हस्ताक्षर गरेका थिए।
कोभिड महामारीको समयमा टिकटक प्रतिबन्ध लगाउने पक्षमा देखिएका ट्रमप गत निर्वाचनमा चुनावी प्रचारमा टिकटकको राम्रो प्रभाव परेपछि उनी टिकटकप्रति सकारात्मक देखिएका थिए।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया