बिएल संवाददाता
नेपाल र नेपाली उत्पादन, भेसभुषा, कला र संस्कृति समेटेर एकै थलोमा जुन २९ आइतबार साँझ बृहत् प्रदर्शनी एवं पहिलोपटक अमेरीकामा नेपाली बृहत् फेसन मेलाको आयोजना ऐतिहासिक रुपमा सम्पन्न भएको छ।
विश्वकै फेसन हब मानिने अमेरीकास्थित न्युयोर्क सहरमा नेपालीहरूको आकर्षक केन्द्र मानिने ज्याक्सनहाईट्स उड्साईडस्थित ६३-०१ रुजवेल्ट एभिन्युमा अवस्थित 'द प्यालेस' को हलमा उक्त कार्यक्रम आयोजना भएको थियो।
करीब २०० दर्शक र स्राेतामाझ साँझ ७ बजेदेखि सुरू भएर मध्यरात १२ बजेसम्म भरपुर मनोरञ्जनसहित सञ्चालित कार्यक्रमले नेपाल पूरै झल्काएको प्रतित हुन्थ्यो।
विविध जातजाति र भाषाभाषीका समुदायले पहिरिने २७ प्रकारका पौराणिकदेखि आधुनिक पहिरनका साथ मोडलहरू र्याम्पमा संगीतको तालमा हिंडदा पूरै हल ताली र ह्विसेल बजाउँदै गुन्जायमान भएको थियो।
सो कार्यक्रमका ईभेन्ट प्रिसीडेन्ट चिरपरिचित फेसन कोरियोग्राफर नेपालका चर्चित नायक तथा मोडल तथा निर्देशनको क्षेत्रमा ख्यातीप्राप्त प्रशान्त ताम्राकारले एकै स्थलमा नेपालको समस्त फेसनको संगम उक्त कार्यक्रममार्फत आम दर्शक, श्रोता एवं सञ्चारमाध्यम हुँदै विश्वभर फैलाउने र नेपाल र नेपालीलाई चिनाउने आफ्नो उद्देश्य रहेको र सोचेभन्दा अझै राम्रो कार्यक्रम गर्न सफल भएकोमा आफू अत्यन्त खुुसी भएको कुरा प्रष्ट पारेका थिए।
कार्यक्रम संयोजक सुर्य सिंखडा प्रशन्नता भने, 'विभिन्न विधामा प्रदर्शन गरीएको सो कार्यक्रम अमेरिकामै ऐतिहासिक एवं भव्य रुपमा सफल गर्न पाउँदा म र सिंगो आयोजक टीम अत्यन्त हर्षित छौं। सो कार्यक्रममा समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरू सहित सोचेभन्दा बढी दर्शक र स्राेतामाझ नेपालको मेचीदेखि महाकाली र हिमालदेखि तराइसम्म छरिएर रहेका सबै जातजाति र भेषभुसा झल्काउने २७ जनाभन्दा बढी पुरुष र महिला मोडलहरूले स्टेज प्रदर्शन गरेका थिए।
कार्यक्रमको अन्त्यमा सो कायक्रम सफल पार्न योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गरिनुका साथै विविध नृत्य र गाना एवं रात्रीभोजको समेत व्यवस्था गरिएको थियो।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया