बिएल संवाददाता
अमेरिकाले इरानका तीन आणविक केन्द्रहरूलाई निशाना बनाएर गरेको आक्रमणको अमेरिका भित्रै विरोध सुरु भएको छ।
इजरायल-इरान युद्धमा अमेरिका प्रवेश गरेको छ। आइतबार अमेरिकाले इरानका तीन आणविक केन्द्रहरूमा आक्रमण गरेको अमेरिकी राट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।
यता अमेरिकी सांसदहरूले भने कंग्रेसको स्वीकृति नलिएको भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्पको कदमको विरोध जनाएका हुन्। अमेरिका भित्रै विरोध भइरहेको आक्रमणको विश्वका अन्य मुलुकका नेताहरूलेसम्त विरोध गरिरहेका छन्।
‘हामीले इरानका तीन आणविक स्थलहरूमा धेरै सफल आक्रमण पूरा गरेका छौं, जसमा फोर्डो, नातान्ज र एस्फहान समावेश छन्। हाम्रा सबै विमानहरू अब इरानको हवाई क्षेत्र बाहिर छन्। फोर्डोमा बम खसालिएको थियो। सबै विमानहरू सुरक्षित रूपमा घर फर्किरहेका छन्। हाम्रा महान अमेरिकी योद्धाहरूलाई बधाई छ। संसारमा यस्तो गर्न सक्ने अर्को कुनै सेना छैन। अब शान्तिको समय हो,’ आक्रमणपछि ट्रम्पले भनेका थिए।
इरानी विदेशमन्त्री सैयद अब्बास अरागचीले अमेरिकी हमलालाई ‘अपमानजनक’ भन्दै निन्दा गरेका छन्। उनले इरानले ‘आफ्नो सार्वभौमसत्ताको रक्षा गर्न सबै विकल्पहरू सुरक्षित राखेको’ बताएका छन्।
हमलालगत्तै टेलिभिजनमार्फत सम्बोधन गर्ने क्रममा ट्रम्पले इरानका प्रमुख आणविक प्रवर्द्धन केन्द्रहरू पूर्ण रूपमा ध्वस्त पारिएको दाबी गर्दै इरानले अब शान्ति कायम गर्नुपर्ने बताएका छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया