बिएल संवाददाता
अमेरिकाको न्युयोर्कमा इतिहासकार स्व. इमानसिंह चेम्जोङको जीवनीमा आधारित भएर निर्माण गरिएको वृत्तचित्र प्रदर्शन भएको छ।
यही मार्च ०९, २०२५ मा इमानसिंह चेम्जोङ मेमोरियल फाउन्डेसनको प्रस्तुति र किराँत याक्थुङ चुम्लुङ्ग अमेरिका र चेम्जोङ वंश अमेरिकाको व्यवस्थापनमा वृत्तचित्र भव्य रुपमा प्रदर्शन गरिएको हो।
सेन्सेलुङ पतङ्वा र बुद्ध चेम्जोङकाे निर्माणमा बनेको वृत्तचित्रको माध्यमबाट लिम्बू समुदायमा स्व. चेम्जोङको योगदानलाई अझ बढी फैलाउन निर्माण गरिएको वृतचित्र ४५ मिनेट लामो रहेको छ।
वृत्तचि हेर्न न्यूयोर्कसहित न्यूजर्सी राज्यमा बसोवास गर्ने सयौँको संख्यामा नेपालीहरुको उपस्थिति रहेको थियो।
साथै यो वृत्तचि विभिन्न देशहरूमा पनि चाड्डै प्रदर्शन गरिने यस कार्यक्रमका प्रदर्शन सम्योजक तथा चेम्जोङ् वंश अमेरिकाका महासचिव गजेन चेम्जोङले जानकारी दिए।
ग्याल सुम्दो सेवा संस्था हल न्यूयोर्कमा छोटो अनौपचारिक कार्यक्रमपछि वृत्तचित्र प्रदर्शन भएको किरात याक्थुङ चुम्लुङ्ग अमेरिकाका अध्यक्ष दीपक थेबेले जानकारी दिए।
वृत्तचित्र प्रदर्शनीबाट टिकटमार्फत उठेको रकमको आधा हिस्सा किराँत याक्थुङ चुम्लुङ्ग अमेरिकालाई कोष वृद्धिको लागी प्रदान गरिएको कार्यकारी निर्माता बुद्ध चेम्जोङले जानकारी गराए।
स्व. इमानसिंह चेम्जोङ नेपाल सरकारले राष्ट्रिय विभूतिू भनि चिनारी गरिसकेका व्यक्ति हुन्। चेम्जोङको नाममा नेपाल सरकारले हुलाक टिकेटसमेत छापी सकेको छ।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया