बिएल संवाददाता
अमेरिकाको न्युयोर्कमा इतिहासकार स्व. इमानसिंह चेम्जोङको जीवनीमा आधारित भएर निर्माण गरिएको वृत्तचित्र प्रदर्शन भएको छ।
यही मार्च ०९, २०२५ मा इमानसिंह चेम्जोङ मेमोरियल फाउन्डेसनको प्रस्तुति र किराँत याक्थुङ चुम्लुङ्ग अमेरिका र चेम्जोङ वंश अमेरिकाको व्यवस्थापनमा वृत्तचित्र भव्य रुपमा प्रदर्शन गरिएको हो।
सेन्सेलुङ पतङ्वा र बुद्ध चेम्जोङकाे निर्माणमा बनेको वृत्तचित्रको माध्यमबाट लिम्बू समुदायमा स्व. चेम्जोङको योगदानलाई अझ बढी फैलाउन निर्माण गरिएको वृतचित्र ४५ मिनेट लामो रहेको छ।
वृत्तचि हेर्न न्यूयोर्कसहित न्यूजर्सी राज्यमा बसोवास गर्ने सयौँको संख्यामा नेपालीहरुको उपस्थिति रहेको थियो।
साथै यो वृत्तचि विभिन्न देशहरूमा पनि चाड्डै प्रदर्शन गरिने यस कार्यक्रमका प्रदर्शन सम्योजक तथा चेम्जोङ् वंश अमेरिकाका महासचिव गजेन चेम्जोङले जानकारी दिए।
ग्याल सुम्दो सेवा संस्था हल न्यूयोर्कमा छोटो अनौपचारिक कार्यक्रमपछि वृत्तचित्र प्रदर्शन भएको किरात याक्थुङ चुम्लुङ्ग अमेरिकाका अध्यक्ष दीपक थेबेले जानकारी दिए।
वृत्तचित्र प्रदर्शनीबाट टिकटमार्फत उठेको रकमको आधा हिस्सा किराँत याक्थुङ चुम्लुङ्ग अमेरिकालाई कोष वृद्धिको लागी प्रदान गरिएको कार्यकारी निर्माता बुद्ध चेम्जोङले जानकारी गराए।
स्व. इमानसिंह चेम्जोङ नेपाल सरकारले राष्ट्रिय विभूतिू भनि चिनारी गरिसकेका व्यक्ति हुन्। चेम्जोङको नाममा नेपाल सरकारले हुलाक टिकेटसमेत छापी सकेको छ।
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
प्रभुको बदमासीः ५० लाख डलर अपचलनको तथ्य बाहिरियो, नियामक निकाय राष्ट्र बैंक मौन
किन्तु परन्तु हैन, चुनावको विकल्प छैन!
बिराएकाे बाटाेबाट माेडिएका ‘वीर’को कथा
‘कुलत’काे कालाे बादल चिरेर झुल्किएका ‘किरण’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया