बिएल संवाददाता
नक्कली पेस्तोल देखाएर रकम असुली गर्ने एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ।
इशनाथ नगरपालिका-४ मठिया स्थित ईलाकामा सीमा क्षेत्रका व्यक्तिसँग नक्कली पेस्तोल देखाएर रकम असुली गरेको आरोपमा प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा मोतीहारी ग्राम पञ्चायत रोही-४ बस्ने बर्ष २० को अब्दुल कलाम रहेको रौतहट प्रहरी निरीक्षक राम कुमार महतोले जानकारी दिए। उनका अनुसार नक्कली चाइनिज (पेस्तोल) खेलौना देखाएर सीमा क्षेत्रमा हिड्डुल गर्ने व्यक्तिलाई डर त्रास देखाइ रकम माग्ने गरेको उनले बताए। प्रहरी चौकी मठिया महुलीयाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक महतोले बताए।
पक्राउ परेका कलामलाई म्याद थप गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ।
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया