बिएल संवाददाता
सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएका नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्ने निर्णय पुनरावलोकन हुने आदेश गरेको छ।
न्यायाधीशहरू सपना मल्ल प्रधान, बालकृष्ण ढकाल र नृपध्वज निरौलाको इजलासले यसअघि निलम्बन फुकुवा गर्ने आफ्नै फैसलालाई पुनरावलोकन गर्ने आदेश गरेको हो।
अब तीन सदस्यीय न्यायाधीशको पूर्ण इजलासले यसअघिको फैसलाको न्यायिक परिक्षण गर्नेछ।
१२ पुस २०७९ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्रको आधारमा मनाङबाट निर्वाचित सांसद गुरुङलाई संसद् सचिवालयले निलम्बन गरेको थियो।
संसद सचिवालयको निर्णयविरुद्ध सर्वोच्च गएका गुरुङको मुद्दामा सर्वोच्च अदालतको संयुक्त इजलासले निलम्बनमा राख्ने निर्णय कानुन सम्मत नभएको फैसला सुनाएको थियो।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया