बिएल संवाददाता
सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएका नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्ने निर्णय पुनरावलोकन हुने आदेश गरेको छ।
न्यायाधीशहरू सपना मल्ल प्रधान, बालकृष्ण ढकाल र नृपध्वज निरौलाको इजलासले यसअघि निलम्बन फुकुवा गर्ने आफ्नै फैसलालाई पुनरावलोकन गर्ने आदेश गरेको हो।
अब तीन सदस्यीय न्यायाधीशको पूर्ण इजलासले यसअघिको फैसलाको न्यायिक परिक्षण गर्नेछ।
१२ पुस २०७९ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्रको आधारमा मनाङबाट निर्वाचित सांसद गुरुङलाई संसद् सचिवालयले निलम्बन गरेको थियो।
संसद सचिवालयको निर्णयविरुद्ध सर्वोच्च गएका गुरुङको मुद्दामा सर्वोच्च अदालतको संयुक्त इजलासले निलम्बनमा राख्ने निर्णय कानुन सम्मत नभएको फैसला सुनाएको थियो।
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया