बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य टीका संग्रौला ‘ज्वाला’ले ‘सहकारी ठगी प्रकरण’को मुद्दा खेपिरहेका पूर्वगृहमन्त्री रवि लामिछानेको समर्थनमा ‘नबोलेको-नलेखेको’ भन्दै आफ्नै पार्टीका सांसद र केन्द्रीय सदस्यहरूको चर्को आलोचना गरेकी छन्।
उनले रास्वपाका बौद्धिक र पढे-लेखेका भनिएका कतिपय नेताहरूले पनि सभापति रविको बचाउ नगरेकोमा गुनासो गरिन्।
संग्रौलाको दाबी छ- रास्वपाका सबै नेताहरू रविकै कारण चिनिएका हुन्। उनीहरूको अलग्गै परिचान छैन। उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘हामी जतिसुकै बौद्धिक र पढे-लेखेका भए पनि रवि दाइकै कारणले रास्वपामा चिनिएका हौँ। यो कुराचाहिँ हामी कदापि नभुलौँ।’
केन्द्रीय सदस्य संग्रौलाले रविको समर्थनमा ‘नाक-मुख’ नदेखाउने रास्वपा नेताहरूमाथि गम्भीर प्रश्न गरेकी छन्, ‘रवि दाइमाथि यत्रो अन्याय हुँदा रवि दाइको न्यायको लागि आफ्ना सञ्जालमार्फत् एक शब्द नबोल्ने, नलेख्ने, नाकमुख कतै नदेखाउने कसरी रास्वपाको नेता हुन लायक हुन्छ? यतिभन्दा जोसुकै रिसाए नि मलाई केही फरक पर्दैन! राजनीति हाकाहाकी गरौँ!’
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया