बिएल संवाददाता
नेपाली कांग्रेसका सभापति शेरबहादुुर देउवाले ओली सरकारमा सहभागी आफ्ना मन्त्रीहरूलाई केही समस्या भए सार्वजनिक अभिव्यक्ति नदिन निर्देशन दिएका छन्।
शनिबार सिंहदरबारमा बसेको शीर्ष नेताहरूको बैठकमा देउवाले काम गर्न केही समस्या भए पार्टीकै बैठकमा राख्न र बाहिर सबै एक ढिक्का हुन निर्देशन दिएका हुन्।
बैठकपछि कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले भने, ‘परराष्ट्रमन्त्री स्वास्थ्य उपचारका लागि देश बाहिर रहेकाले उहाँ बाहेक हाम्रा सबै मन्त्रीहरू बैठकमा सहभागी हुनुहुन्थ्यो। सभापतिले उहाँहरूलाई केही समस्या भए यही भित्र कुरा राख्नुस्, बाहिर पनि एक भएर प्रस्तुत हुनुपर्छ भन्ने कुरा राख्नुभयो। सरकारबारे पदाधिकारीहरूले पनि कुनै असन्तुष्टि राख्नुभएको छैन।’
अध्यादेशका विषयमा संसदमा टेबुल गर्न सकिने भए पनि लामो समय लाग्ने भएकोले तत्काल केही कामहरू गर्नैपर्ने भएकोले अध्यादेश ल्याइएको उनले बताए।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया