बिएल संवाददाता
बारा प्रहरीले धार्मिक स्थलमा उच्छृखलता प्रदर्शन गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।
महागढीमाई नगरपालिका-१ मा रहेको विश्व प्रसिद गढीमाई मन्दिरमा आएका दर्शनार्थीलाई अमर्यादित क्रियाकलाप गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय बाराले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै सो घटनामा संलग्नलाई पक्राउ गरिएको पुष्टि गरेको छ।
पक्राउ पर्नेमा रौतहटको बृन्दावन नगरपालिका-२ बस्ने २३ वर्षीय एजाज अंसारी, महागढीमाई नगरपालिका-१ बस्ने १९ वर्षीय अरमान अंसारी र ३६ वर्षीय विधासागर पटेल छन्।
जिल्ला प्रहरी कार्यालय बाराका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश सापकोटाका अनुसार सीसीटीभी फुटेजको आधारमा पहिचान गरी तीनै जनालाई पक्राउ गरिएको हो ।
विश्व प्रसिद गढीमाई मन्दिरमा पञ्च वर्षीय मेला चलिरहेको अवस्थामा मन्दिरका दर्शनार्थीले चढाउन ल्याएका परेवा लुट्ने, मन्दिरको घण्टी, पंखा, त्रिशुल, सीसी क्यामेरा, दान पेटिका र गढीमाई मन्दिरको विवाह मण्डपसमेत तोडफोड गरी क्षति पुर्याउने कार्यमा संलग्न रहेको उनले जानकारी दिए।
प्रहरीलाई समेत डयूटीमा बाधा पारी उच्छृङ्खल क्रियाकलाप गरेको सूचनाका आधारमा सो घटनामा संलग्न भएका व्यक्तिहरूलाई पहिचान गरि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
पक्राउ परेका तीनैजनालाई प्रहरी हिरासतमा राखी घटनाको थप अनुसन्धान भइरहेको बारा प्रहरीले जानकारी दिएको छ।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया